नवदुर्गा द्यःछेमा खम्ये ल्यायो ।
भक्तपुर, श्रावण १२ गते
नवदुर्गा गणले यसपालिका लागि खम्ये भित्र्याएको छ । हरेक वर्ष आश्विनमा मनाईने मोहनी नखाः (विजय दशैं)मा खम्ये बद् गरी विजयउत्सव मनाउन गणले आज खम्ये भित्र्याएको हो । दशमीको २ महिना अगाडी नै खम्ये भित्र्याउने परम्परा अनुसार आज काभ्रेको नालाबाट खम्ये खरिद गरी आज नवदुर्गा गणको द्यः छेमा खम्ये विधिपूर्व भित्र्याएको हो । आज भन्दा छ वर्ष पहिले देखि खम्येकालागि रु. १ लाख रकम सहायता प्रदान गरेका ओखलढुगा घर भई हाल ललितपुर बस्दै आएका अरुण राईले नेवार समुदायको सभ्यता र संस्कृति संरक्षणकालागि आफ्नो तर्फबाट सक्ने सहयोग स्वरुप प्रदान गरेको आर्थिक सहयोगले यस वर्ष मात्र पूर्णता पाएकोमा खुसि व्यक्त गर्दै अपुग रु. २० हजार पनि सहयोग प्रदान गर्ने जनाएको छ । एक लाख २० हजार रकम तिरेर नवदुर्गा गणले नालाका कृषक देवीप्रसाद डंगालसँग खम्ये खरिद गरेका हुन । कृषक डंगालले गत वर्षलाई पनि खम्ये विक्रि गरेका थिए भने उनले पनि देवकार्यकालागि आफ्नो तर्फबाट सहयोग पुग्ने गरी अर्को दुर्ई वर्षसम्म खम्ये उपलब्ध गराउन सकिने गरी राँगो पालि राखेको बताएका छन् ।
निखर कालो, मोटोघाटो राँगो, शरीरमा कुनै घाउँ खत नभएको गुणले युक्त राँगोलाई नवदुर्गा गणका देवगणहरुले खम्येको रुपमा लिने गरिएको छ । नवदुर्गा गण जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले खम्ये भित्राय्सँगै नवदुर्गा गणको जिम्मेबारी थप बृद्धि भएको भन्दै आगामी वर्षकालागि देवगणहरुलाई नाच प्रशिक्षण समेत प्रदान गर्दै आएको बताएका छन् । यसवर्षको खम्ये खोज्न उपत्यका बाहिरसम्म पुगे पनि र तराई क्षेत्रको राँगो हेरे पनि चित्त बुझ्दो नपाइएपछि नालाबाट गत वर्ष झै यस वर्षपनि खरिद गरी ल्याएको उहाँले बताए । नवदुर्गा गणको परम्परागत चल अचल सम्पति घरजग्गाहरु हिनामिना हुँदा जात्रा व्यवस्थापनमा थप चुनौती रहेको उल्लेख गर्दै खम्ये खरिदकालागि भने २०९२ सालसम्मका लागि अग्रिम रकम जम्मा गर्ने दाताहरु भई सकेको बताएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...












