नवदुर्गा द्यःछेमा खम्ये ल्यायो ।
भक्तपुर, श्रावण १२ गते
नवदुर्गा गणले यसपालिका लागि खम्ये भित्र्याएको छ । हरेक वर्ष आश्विनमा मनाईने मोहनी नखाः (विजय दशैं)मा खम्ये बद् गरी विजयउत्सव मनाउन गणले आज खम्ये भित्र्याएको हो । दशमीको २ महिना अगाडी नै खम्ये भित्र्याउने परम्परा अनुसार आज काभ्रेको नालाबाट खम्ये खरिद गरी आज नवदुर्गा गणको द्यः छेमा खम्ये विधिपूर्व भित्र्याएको हो । आज भन्दा छ वर्ष पहिले देखि खम्येकालागि रु. १ लाख रकम सहायता प्रदान गरेका ओखलढुगा घर भई हाल ललितपुर बस्दै आएका अरुण राईले नेवार समुदायको सभ्यता र संस्कृति संरक्षणकालागि आफ्नो तर्फबाट सक्ने सहयोग स्वरुप प्रदान गरेको आर्थिक सहयोगले यस वर्ष मात्र पूर्णता पाएकोमा खुसि व्यक्त गर्दै अपुग रु. २० हजार पनि सहयोग प्रदान गर्ने जनाएको छ । एक लाख २० हजार रकम तिरेर नवदुर्गा गणले नालाका कृषक देवीप्रसाद डंगालसँग खम्ये खरिद गरेका हुन । कृषक डंगालले गत वर्षलाई पनि खम्ये विक्रि गरेका थिए भने उनले पनि देवकार्यकालागि आफ्नो तर्फबाट सहयोग पुग्ने गरी अर्को दुर्ई वर्षसम्म खम्ये उपलब्ध गराउन सकिने गरी राँगो पालि राखेको बताएका छन् ।
निखर कालो, मोटोघाटो राँगो, शरीरमा कुनै घाउँ खत नभएको गुणले युक्त राँगोलाई नवदुर्गा गणका देवगणहरुले खम्येको रुपमा लिने गरिएको छ । नवदुर्गा गण जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले खम्ये भित्राय्सँगै नवदुर्गा गणको जिम्मेबारी थप बृद्धि भएको भन्दै आगामी वर्षकालागि देवगणहरुलाई नाच प्रशिक्षण समेत प्रदान गर्दै आएको बताएका छन् । यसवर्षको खम्ये खोज्न उपत्यका बाहिरसम्म पुगे पनि र तराई क्षेत्रको राँगो हेरे पनि चित्त बुझ्दो नपाइएपछि नालाबाट गत वर्ष झै यस वर्षपनि खरिद गरी ल्याएको उहाँले बताए । नवदुर्गा गणको परम्परागत चल अचल सम्पति घरजग्गाहरु हिनामिना हुँदा जात्रा व्यवस्थापनमा थप चुनौती रहेको उल्लेख गर्दै खम्ये खरिदकालागि भने २०९२ सालसम्मका लागि अग्रिम रकम जम्मा गर्ने दाताहरु भई सकेको बताएका छन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














