भक्तपुरका थप ११ जना संक्रमित

भक्तपुरका थप ११ जना संक्रमित
भक्तपुर, फाल्गुन ४ गते
भक्तपुरका थप ११ जनामा कोरोना संक्रमन भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरका १ पुरुष र १ महिला गरी २ जना, चँगुनारायण नगरका कोही पनि थप संक्रमित नभएपनि मध्यपुर ठिमीनगरका २ महिला र सूर्यविनायक नगरका ४ पुरुष र २ महिला गरी ६ जना संक्रमित भएका थिए भने एक संक्रमित पुरुष सम्पर्क बिहिन अवस्थामा रहेको उल्लेख गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णवहादुर मिजारले पछिलो २४ घण्टामा ११ जना संक्रमित थपिएको जनाएको हो । कार्यालय प्रमुख मिजारका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर मोर्डनाको पहिलो खोप ९३ जना, दोस्रो खोप ९८६ जना यसै गरी अस्ताजेनिकाको पहिलो खोप १०४ जना दोस्रो ७५ जनाले लगाएका छन् भने वुस्टर खोपको रुपमा ३२२ जनाले लगाएका छन् । यसैगरी भेरोसेल खोपको दोस्रो दोज ५८ जनाले र वुस्टर खोप २ जनाले लगाएको जनाएको छ ।