कटुञ्जे गडेधारास्थित घट्टेखोलाको नयाँ पुल उद्घाटन
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलमा अवस्थित घट्टेखोलाको नयाँ पुल सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशीको प्रमुख आतिथ्यतामा पूर्व न्यायाधिस विनोद शर्माले उद्घाटन गर्नुभएको छ । गतअसार महिना वर्षाको समयमा भाँचिएको उक्त पुल सूर्यविनायक नगरपालिका वडा नं.५ले ४ लाख बजेट छुटाए लगत्तै १ हप्तामै पुल निर्माण गरी स्थानीयबासीलाई आवतजावतमा सहजता भएको वडाध्यक्ष राजकुमार जोशीले बताउनुभयो । उहाँले नगरपालिका, वडा र प्रदेशदेखि बजेट पारित भई यस घट्टेखोलामा करिडोर निर्माण हुँदैछ र यो पनि समयमै निर्माण सम्पन्न हुने विश्वास राखेको बताउँदै यस गडेधारा टोलमा महिला दिदीबहिनीहरुलाई महिला उद्यमशीलता तालिम दिने र सिसिटिभी क्यामरा पनि चाँडै जडान गर्ने जानकारी दिनुभयो ।
त्यस्तै पूर्व न्यायाधिस विनोद शर्माले नयाँ पुल निर्माण गर्नका निमित्त वडाध्यक्ष, टोलबासीको लगनशीलता उदाहरणीय रहेको बताउनुभयो । उहाँले उपस्थित सम्पूर्ण टोलबासीहरुलाई आपसी समझदारी र वडाको हरेक कार्यमा साथ दिएकोमा धन्यवाद व्यक्त गर्दै आफूले पनि आफ्नो तर्फबाट यस गडेधारा टोललाई सदैव साथसहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उद्घाटन समारोहमा समाजसेवी अनिता पाण्डे, युवराज घिमिरे, वडा सदस्य एवं टोलबासीहरुको उपस्थिति रहेको थियो भने पुल निर्माण कार्यमा आफ्नो योगदान दिनुहुने व्यक्तित्वहरुलाई खादा लगाएर सम्मान पनि गरिएको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














