कमलबिनायकमा रहेको मिनिमार्टमा बजार अनुगमन
भक्तपुर, २४ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलबिनायमा रहेको मिनिमार्टहरु ३ वटा पसलहरु अनुगमन गरियो ।
अनुगमनमा सर्वशुलभ उपभोक्ता सहकारीको मिनिमार्टमा म्याद नाघेको गोल्डेन क्रोन रेड चेरी ४ वटा, तोमयाम पेस्त ११ वटा, खजुरी पप ४ पाकेट जफत गरी नष्ट गरियो भने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बतायो । साथै सामानहरु व्यवस्थित राख्ने, लेवल नभएको प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न निर्देशन दियो ।

त्यस्तै कमलबिनायक मिनिमार्टमा लेवल नभएको प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु अमुल पिजा चिज २ पाकेट, रोयाल पाटन सबुदान ७ पाकेट जफत गरी नष्ट गरियो ।
के.एम.मार्टमा लेवल नभएको प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न, दर्ता नविकरण गर्न, म्याद नाघेको समानहरु अलग स्टोरमा राख्ने व्यवस्था गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु पशुपति पापड १४५ पाकेट, क्वीक विस्कुत १६ पाकेट, २०÷२० विस्कृट ६ पाकेट, रसवरी ९ बट्टा, जम्बो मेरिण्डा ६ वटा जफत गरि नष्ट गरियो ।
अनुगमनमा सदस्य रोशन मैया सुवाल, श्यानिटेशन उपशाखा प्रमुख न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक छत्र बहादुर थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापति, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवालको सहभागी रहेको थियो ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














