बिस्का नखाः लघु चलचित्रको आज च्यारेटी शो सम्पन्न

बिस्का नखाः लघु चलचित्रको आज च्यारेटी शो सम्पन्न
भक्तपुर, चैत्र १६ गते
बिस्का नखाः लघु चलचित्रको आज च्यारेटी शो भएको छ । बाराही अजिमा पार्टि प्यालेसमा आयोजित सो शोको भक्तपुर नगरपालिकाको शिक्षा समितिका संयोजक एवं भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले पासनमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका हुन । विस्का जात्रामा हुने झैभगडा, मध्यपान, धुम्रपान, लंगुबुर्जा खेल तथा बोक्सी जस्तो समाजमा जगडिएर बसेको अन्धविश्वास विरुद्ध जनचेतना दिने उदेश्यले निर्मित बिस्का नखाको आज औपचारिक उद्घाटन समेत भएको हो । कलाकार अनिल त्वायनाद्वारा निर्देशित एवं निर्मित सो लघु चलचित्रले ऐतिहासिक बिस्का जात्राका विभिन्न सामाजिक बिक्रृतिलाई उजागर गर्दै पारिवारिक एवं सामाजिक विखण्डलनलाई चिरफार गरेको छ ।

८ दिन ९ रातसम्म मनाईने विस्का जात्राको अवधिमा हुने विभिन्न साँस्कृतिक गतिविधि सभ्यरुपमा मनाउन सो चलचित्रले समाजका केही बिक्रृतिहरुलाई उजागर गरेको हो ।


नेपाल भाषामा निर्मित सो चलचित्रको उद्घाटन मन्तव्यव्यक्त गर्दै प्रमुख अतिथि विजुक्छेले स्थानीय पाठ्यक्रममा रहेको विस्का जात्रा बारे सर्ट चलचित्र प्रर्दशन हेर्दा सोचे भन्दा फरक पाएको उल्लेख गर्दै संसारमा लघु चलचित्र बनाउने धेरै चलन रहेको चर्चा गर्नु भयो । हात हातमा मोबाइल रहेकोले यस्तो चलचित्र हेर्ने माहोल बढेको बताउँदै अतिथि विजुक्छेले चलचित्र मनोरञ्जनकालागि मात्र नभई शिक्षा दिने माध्यम समेत रहेको उल्लेख गर्दै बालबालिकालाई यो राम्रो शिक्षा दिने माध्यम समेत रहेको बताउनु भयो । चलचित्र, नृत्य, गीत संगीतबाट शिक्षा दिन सकिने चर्चा गर्दै उहाँले चलचित्रमार्फत समाजका गरिव, मध्यम बर्गका दुःख, ब्यथाहरु प्रस्तुत हुने र यसमा ब्यवसायिक कलाकार भन्दा स्थानिय कलाकारहरुको बढी प्रयोग हुने बताउनु भयो । उहाँले भन्नु भयो महिलाहरुमा साँस्कृतिक स्तर बढी हुन्छ, यस चलचित्रमा पनि यस्तै देखिएको छ, त्यसैले चलचित्रमा समाजका बास्तविक पक्षहरुलाई प्रस्तुत गर्दै सकारात्मक सन्देश दिनपर्छ ।