मातृ भाषाका ६ पत्रकारहरु सम्मानित
सुरेश सैंजू, रेडियोजनसञ्चार
भक्तपुर, चैत्र ९ गते
नेवाः राष्ट्रिय पत्रकार दबुले मातृभाषा पत्रकारिता गर्ने ६ जना पत्रकारहरुलाई आज सम्मानित गरेका छन् । बागमति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले भक्तपुरमा शनिवार आयोजित दबुको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै ती पत्रकारहरुलाई सम्मानित गरेका छन् । सम्मानित हुने पत्रकारहरुमा रेडियो जनसञ्चारका सुरेश सैंजू, नेवा टिभिका नविन जोशी, मेटे एफ.एमका जुजुमान महर्जन, नेपाल मण्डल टेलिभिजनका रामराजा बज्राचार्य, फाटोपत्रकार मनोजरत्न शाही र चितवनका पत्रकार निशा श्रेष्ठ रहेको कार्यक्रमका संयोजक सुनिल महर्जनले जनाएको छ । सम्मानित पत्रकारहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार, ज्ञानदेबीमणी पत्रकारिता स्मृति पुरस्कार, ज्ञानज्योति लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार र श्रीराम स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । मन्त्री महर्जनले दोसल्ला ओडाउँदै ताम्रपत्रका साथ रु.१० हजार देखि २० हजारसम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।


दबुका अध्यक्ष नृपेन्दलाल श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममापत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष्ँ समेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनील महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषाको माध्यम पत्रकारिता, पत्रकारितामा संस्कृति, सम्पदा, समावेशीकरण, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक समावेशी, भौगोलिक र लगायत पक्षलाई आधारका रुपमा पुरस्कारका लागि ती पत्रकारहरुको नामावली सिफारिश गरी आज पुरस्कृत गरेको हो ।














