चितिवाले चिथोर्दा बालिका घाइते

चितिवाले चिथोर्दा बालिका घाइते
बैशाख ८ गते, भक्तपुर
चितुवाले चिथोरेर एक बालिका घाईते भएकी छिन । चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित साङ दहमा पढ्न बसेकी बालिकालाई चितुवाले चिथोरेपछि घाइते भएकी हुन । घाइते बालिकाको चाँगुनारायण नगर अस्पतालमा उपचार हुन नसकेपछि टेकु अस्पताल काठमाण्डौमा रिफर भई थप उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ स्थित पलासे घरभई साङ दहस्थित मामाघर पढ्न बसेका ति बालिका मामा घरको नजिकैको खाली घरमा खेल्न जानेक्रममा झारीमा लुकेर बसेका चितुवाले ति बालिकालाई आक्रमण गरेको थियो ।