नगरकोटका जेष्ठ नागरिकहरु बीच स्वस्थ बुढ्यौलीकालागि सहारा बारे अभिमुखिकरण

नगरकोटका जेष्ठ नागरिकहरु बीच स्वस्थ बुढ्यौलीकालागि सहारा बारे अभिमुखिकरण
भक्तपुर, बैशाख १८ गते
चाँगुनारायण नगरपालिकाको नगरकोटका जेष्ठ नागरिकहरु बीच आज स्वस्थ बुढ्यौलीकालागि सहारा कार्यक्रम बारे अभिमुखिकरण कार्यक्रम आयोजना भएको छ । चानपा ६को वडाकार्यालयको सभाहलमा आयोजित सो अभिमुखिकरणमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा रेडक्रस भक्तपुरको समन्वयमा चाँगुनाारायण नगरपालिकामा तीन वर्षकालागि आयोजना हुने सो कार्यक्रम बारे नगर विपद् व्यवस्थापक दिनेश थापाले प्रस्तुतीकरण गर्दै बुढेसकाललाई स्वस्थ र सक्रिय राख्न कार्यक्रमले समेतिएका विषयवस्तुका साथै स्थानीय जेष्ठ नागरिकहरुको चाहनालाई सम्बोधन गर्ने कुरा प्रस्ट पारेका थिए

भने स्थानीय वडाध्यक्ष धनबहादुर तामागले कार्यक्रमबाट वडाका सबै वुढौली उमेरका नागरिकहरुको जीवनयापन सुधार्न सहयोग पुग्ने धारणा राख्दै कार्यक्रममा सक्रिय सहभागिताकालागि वडाका जेष्ठ नागरिकहरुलाई आग्रह गर्नु भयो । सहभागि जेष्ठ नागरिकहरुले सरकारले गरेको जेष्ठ नागरिकहरुको परिभाषा पनि परिमार्जन गर्न आवश्यक भएको भन्दै विभिन्न क्षेत्रबाट भइरहेको परिभाषालाई एकरुपता दिनुपर्नेमा जोड दिएका थिए भने जेष्ठ नागरिकहरुको बीमा तथा स्वास्थ्य उपचारकालागि सहज बातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।