बुद्ध जन्मभूमि लुम्बिनी,नेपालमा ५ सय बृहत् श्रावणेर प्रव्रज्या कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल भिक्षु महासंघ र थाई ईन्डिया नेपाल धर्मदूतसंगको सहकार्यमा आज ललितपुरस्थित अक्षश्वर महाविहार आयोजित पत्रकार सम्मेलन गर्दै बृहत् श्रावणेर प्रव्रज्या गर्ने घोषणा गरेका हुन । आगामी फागुर्ण १४ गते देखि चैत्र३ गतेसम्म सो कार्यक्रम बुद्ध जन्मभूमि लुम्बिनीमा आयोजनाको तयारी भएको बताएका हुन । सन् २०११ द्येखि अखिल नेपाल भिक्षु महासंघ र थाई ईन्डिया नेपाल धर्मदूतसँगको सहकार्यमा वार्षिक रुपमा कुलपुत्र प्रव्रज्याको रुपमा आयोजना गर्दै आएको थियो ।


सो अवसरमा वितरित प्रेस विज्ञप्ति
बुद्धको जन्मभूमि लुम्बिनी, नेपाल पत्रकार सम्मेलन इस बुद्ध जन्मभूमि नेपालमा सन् २०११ देखि अखिल नेपाल भिक्षु महामाज्या थाई ईन्डिया-नेपाल धर्मदूतालमा सन् २०११ देखि अखिल नेपाल शिवपुत्र प्रवज्या कार्यक्रम मार्फत् बुद्ध शिक्षा जनकौन सा वार्षिकमा निर्माणको उद्देश्यले कार्यक्रम आयोजना गर्दै आईरहेको छ समेत देखि १११ जना, १११२ जना, १५० जना, १११९ जना ५०० जना, १२५० जनालाई प्रवजित गरिसकेको छ भने यहि २०८१ साल फागुन १४ गते देखि चैत्र ३ गते (2025 February 26 to March 16 ) सम्म हुन गईरहेको ५०० अल्पकालिन कुलपुत्र प्रत्रज्या कार्यक्रममा देशभरका विभिन्न स्थानबाट ५०० जनालाई प्रव्रजित गर्ने (बामणेर बनाउने) कार्यक्रम आयोजना गर्न गईरहेको छ । कार्यक्रममा थाईल्याण्ड लगायत अन्य विभिन्न राष्ट्रहरुबाट प्रतिनिधि सहभागी हुनेछन् । जसले गर्दा बौद्ध पर्यटकहरुको संख्या वृद्धि भै पर्यटन व्यवसायमा टेवा पुग्नेछ कार्यक्रमको व्यवस्थापन प्रव्रज्या 1 सामाजिक नेपालले गर्नेछ भने सहआयोजकको रुपमा थाई राजकीय विहार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, धर्मोदय सभा, बौद्ध विहार संघ, अक्षेश्वर महाविहार, हिरण्यवर्ण महाविहार, धम्मसाकच्छा संघ, नेपाल मगर बौद्ध सेवा समाज, युवक बौद्ध नेपाल, बुद्ध समाज नेपाल, World Alliance of Buddhist, लुम्बिनी बौद्ध विश्वविद्यालय, नागवहाल टोल सुधार समिति Dhammakaya University, Dhammakaya Foundation र प्रोमिस ल्याण्ड रहने छ । प्रव्रजित श्रामणेरहरुले यस अवधि भरमा शील ग्रहण गरी पालना गर्ने छन्, र थाईल्याण्डबाट पाल्नुहुने अति श्रद्धेय भिक्षु Phra Phrom Senabadi ज्यूको उपाध्यायत्वमा तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु धम्मशोभन महास्थविरज्यूको उपस्थितिमा प्रव्रजित गराईनेछन् । प्रव्रजितहरुले बुद्ध शिक्षाका आधारभूत शिक्षा थाहा पाउने छन् । विभिन्न धर्मगुरुहरुमार्फत गहन ध्यान अभ्यास गर्नेछन् । अल्पकालीन प्रव्रज्या भएकोले प्रव्रजित जीवनको स्वःअनुभव गर्नेछन् । साथै बुद्धकालीन समयमा भगवान बुद्ध शुद्धोदन महाराजाको निमन्त्रणामा बुद्ध भैसकेपछि प्रथम पटक कपिलवस्तु आगमन २०,००० भिक्षुहरु सहित पाल्नु भएको जस्तै धम्मयात्राको अनुभव पनि गर्नेछन् । यसरी विभिन्न कार्यक्रमहरुमा यस प्रति आस्थावान व्यक्तिहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागि भै पुण्य सञ्चय गर्ने अवसर पाउनेछन् । मुख्य कार्यक्रमहरुको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मिडीया मार्फत् प्रशारण हुने भएकोले बुद्ध जन्मभूमि नेपालको प्रचार प्रसार विस्तृत रुपमा हुनेछ । यस कार्यक्रममा सम्पूर्ण ईच्छुक महानुभावहरु सहभागी हुन सक्नेछन् । सहभागी हुनकोलागि सामाजिक प्रव्रज्या नेपालको सम्पर्क कार्यालय अक्षेश्वर महाविहारमा सम्पर्क राख्न सक्नु हुनेछ ।
कार्यक्रम तालिका निम्न बमोजिम रहेको छ ।
२०८१२ गते देखि फागुन १४ गते सम्म पुर्वतयारी १४ गते नाभ दर्ता (अधेश्वर महाविहार, ललितपुर र लुम्बिनी हल फागुन १६ गते कपाल खौरने (केशच्छेदन) (नागबहाल ललितपुरमा) तथा लुम्बिनी फागुन २० गते प्रत्रज्या समारोह बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा फागुन २२ गते लुम्बिनी परिसरमा भिक्षाटन फागुन २४ गते दीप प्रज्ज्वलन बुद्ध जन्मभूमि लुम्बिनी उद्यान, नेपालको राष्ट्रिय झण्डामुनि चैत्र २ गते देवदह, बुटवल र रामग्राममा धम्मयात्रा (बिहान) चैत्र २ गते धम्मयात्रा लुम्बिनी गेट, भैरहवामा (दिउँसो) चैत्र ३ गते प्रमाणपत्र वितरण चैत्र ४२५ गते गृहनगरमा भिक्षाटन २०८१ माघ १६ गते बुधबार













