अवसर र चुनौती बीच युवा नेतृत्व विकासः प्रजिअ अर्याल
भक्तपुर, माघ १७ गते
ठूप्रै अवसर र चुनौतिहरु बीच युुवाहरुको नेतृत्व विकासकालागि युवाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिदै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर जेसीजको ४९औ, भक्तपुर लेडी जेसीजको ३२ औं, भक्तपुर जुनियर जेसीजको ४२ औं र भक्तपुर जुनियर लेडी जेसीजको १३ औं नेतृत्वहरुलाई आज संयुक्त पद्स्थापना तथा पुरस्कार वितरण गर्नु भएको छ ।भक्तपुरमा आयोजित सो सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जेसीज जस्तो सामाजिक संस्थाले युवाहरुलाई कुलतबाट बचाएर सहि नेतृत्वमा लान विभिन्न क्षमता विकासका कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा जोडदिनु भयो ।

एक व्यक्ति एक नेतृत्वको रुपमा आफूले लेडी जेसिजको नेतृत्व सम्हालेको उल्लेख गर्दै सरु शिल्पकारले जेसीज १८ वर्ष देखि ४० वर्ष उम्मेरका युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने १ सय १ वर्षको गर्भिलो इतिहास बोकेको अन्तर्राष्ट्रिय संस्था भएको बताएका छिन् । सो संस्थाको नयाँ नेतृत्व गर्दै उहाँले विभिन्न युवा लक्षित गतिविधिहरु आयोजना गर्दै जाने बताइन । जेसीजले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्ने परम्परा रहेको उनले बताए ।














