पारागण एकेडेमीले आज २२ औं वार्षिकोत्सव

पारागण एकेडेमीले आज २२ औं वार्षिकोत्सव
भक्तपुर, माघ १६ गते
पारागण एकेडेमीले आज २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पानसमा दिप प्रज्वलन गर्दै पारागण एकेडेमीको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहको उद्घाटन गरेका हुन ।
विद्यालय प्रांगण कमलविनायमा आयोजित सो समरोहमा विद्यालयका उत्कृष्ठ विद्यार्थीहरु र लामो समय देखि सेवारत शिक्षकहरुलाई सम्मानित गर्दै सांसद सुवालले शिक्षालाई ब्यक्तिको मौलिक हकको रुपमा सबै भाईबहिनीहरुलाई सरकारले पढाउनै पर्ने भन्दै शिक्षा विद्यार्थीहरुकालागि अनिवार्य र निःशुल्क मौलिक हक भएको बताउनु भयो । सांसद सुवालले माध्यमिक शिक्षासम्म अनिर्वाय र निःशुल्क तथा विश्व विद्यालय शिक्षा निःशुल्क गर्ने दायित्व सरकारको भएको बताउनु भयो । सामाजिकीकरण भयो भने शिक्षा मौलिक हकको रुपमा कायम हुने भन्दै सांसद सुवालले शिक्षालाई व्यक्तिले नभई राज्यले जिम्मा लिनुपर्नेमा जोड दिनु भयो । साथै उहाँले १ करोड भन्दा बढी युवाहरु बैदेशिक रोजगारीमा पठाएर कृषि प्रधान देशमा सरकारले खाद्यान्नमा परनिर्भर बनाएको उल्लेख गर्दै अब विद्यार्थीहरुलाई पाठ्य पुस्तकसँग सँगै संसारका विभिन्न विषयहरुको अध्ययापन गराउनुपर्ने बताउनु भयो । उहाँले शिक्षकहरुले देशकालागि के गर्यौ? पढाएर अंग बढी ल्याएर मात्र पुग्दैन नयाँ पुस्तालाई सक्षम बनाउने पक्षमा ध्यानाकर्षण गराउनु भयो । पैसा कमाएर मात्र राम्रो हुने नभई हाम्रा छोरा छोरी राम्रो हुनुपर्यो भन्दै सांसद सुवालले दुईचार जनालाई मात्र होइन एक सय एक सबै राम्रो बनाउनुपर्नेमा जोड दिनु भयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा आयोजित सो समारोहमा भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, मन्तेश्वरी विज्ञ सानु आमात्य, तुल्सीहरी प्रजापति, डा. विनोद डंगाल, डा. कमलराज गोसाई, युएसडिएफका अध्यक्ष श्रीराम सुवाल, बागेश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, अभिभावक प्रतिनिधी पुजना बासुकला सहितका अतिथिहरुले बालबालिकाको चौतर्फि विकासकालागि आआफ्नो धारणा व्यक्त गर्दै कक्षागत उत्कृष्ठ तथा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रमा विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले ३७ जना विद्यार्थीहरुबाट सुरु भएको पारागण एकेडेमीले हाल १हजार ६३ जना विद्यार्थीलाई पढाइ रहेको बताउनु भयो भने भ्वाइस प्रिन्सिपल राजेन्द्र फोजू र विद्यार्थी आयाम दथुछेले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका शिक्षक रत्नवीर किसीले समारोहको सहजिकरण गर्नु भयो । समारोहमा विद्यार्थी, शिक्षकहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।