साहसी सगरमाथा आरोही प्रेम्बा शेर्पा भक्तपुरमा सम्मानित

साहसी सगरमाथा आरोही प्रेम्बा शेर्पा भक्तपुरमा सम्मानित
भक्तपुर, जेष्ठ १६ गते
मृगौला प्रत्यारोपण गरेर पनि सफलतापूर्वक विश्वको शिखर सगरमाथा चढ्ने प्रेम्बा शेर्पालाई आज भक्तपुरको भव्य सम्मान गरेको छ । मृगौला फेल भएपछि जीवन नै सकियो जस्तो गरी निरास हुने समुदायलाई प्रेरणाको श्रोतको रुपमा पेम्बा शेर्पालाई आज भक्तपुरमा साँस्कृतिक बाजागाजा सहित भव्य स्वागत सम्मान गरिएको हो । शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकार श्रेष्ठले शेर्पाको साहसलाई उच्च मुल्यांकन गर्दै नगद रु. एक लाख पचास हजार सहित कदर पत्रद्वारा सम्मानित गर्नुका साथै साँस्कृतिक झांकी सहित भक्तपुर नगरको दरवार क्षेत्रसम्म पद्यात्रा गरेका थिए । सो अवसरमा डाक्टर कल्पनाकुमारी श्रेष्ठले पे्रम्बा शेर्पाको साहसिक सगरमाथा आरोहण यात्रा बारे सक्षिप्त जानकारी दिदै मृगौला प्रत्यारोपण गरेकाहरु पनि सहज जीवनयापन र साहसिक कार्यमा सक्रिय हुन सक्छ भन्ने सन्देश दिएको बताएका थिए । सो अवसरमा नेपाल सरकारका उपसचिव रामप्रसाद आर्यालले पनि पेम्बा शेर्पाको साहसिक कार्यका उच्च प्रशंसा गरेका थिए ।