सहकार्य र समानताकाे सन्देश प्रवाह गर्ने नवदुर्गा भवानीबारे विचार गाेष्ठी र अन्तरक्रिया

सहकार्य र समानताकाे सन्देश प्रवाह गर्ने नवदुर्गा भवानीबारे विचार गाेष्ठी र अन्तरक्रिया
भक्तपुर,
भक्तपुर विकास सहयाेग सङ्घले भक्तपुर स्थित एस.अाे.एस. हर्मन माइनर स्कूल, सानाे थिमी, भक्तपुरमा नवदुर्गा भवानीकाे उत्पति, परम्परागत नाच र त्यसकाे महत्वबारे ४ जना बिज्ञहरूबाट विचार गाेष्ठीकाे अायाेजना गरेकाे हाे । अामजनतामा नवदुर्गा भवानी सम्बन्धी रहेकाे जिज्ञासा मेटाउने, त्यसकाे महत्व र अावश्यकताबारे जानकारी दिइ यसलाई ऐतिहासिक दस्तावेजकाे रूपमा सुरक्षित गर्ने अभिप्रायले अायाेजित उक्त गाेष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ४ जना बिज्ञहरू क्रमश: वरिष्ठ संस्कृतिविद् हरिराम जाेशी, इतिहासविद् प्रा.डा. पुरूषाेत्तमलाेचन श्रेष्ठ, तन्त्रविज्ञ मृगेन्द्रराज सुवेदी राजाेपाध्याय र नवदुर्गा जात्रा व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले अाफ्नाे धारणा सहितकाे प्रस्तुतिकरणबाट प्रष्ट पार्नुभएकाे थियाे ।

उक्त गाेष्ठीबाट ऐतिहासिक नवदुर्गाकाे उत्पतिबारे पाैराणिक र धार्मिक कथनबारे, भक्तपुरमा नवदुर्गा नाचकाे पृष्ठभूमि र प्रचलनबारे, नवदुर्गा र नवदुर्गा गणहरूकाे तादम्यताबारे, नवदुर्गा गणका देवदेवीहरूकाे क्रमबद्ध , रंगरूप, अाभूषणबारे , ङालाकेगु परम्पराकाे ऐतिहासिक महत्व र अावश्यकताबारे, टाेलटाेलमा नवदुर्गा नाच नचाउनु पर्नाकाे कारणबारे, नवदुर्गाकाे जीवन पद्धति र संस्कारबारे , नवदुर्गा नाचमा बजाउने बाजाकाे परिचय र बाेलिने भाषाकाे महत्वबारे, नवदुर्गा नाचकाे दिगाे व्यवस्थापनमा अाईपरेका समस्या र चुनाैती अादिबारे इतिवृतान्त ४ जना स्राेत व्यक्तिहरूबाट अत्यन्तै सुन्दर तथा राेचक ढङ्गले जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रममा सहभागीहरूकाे तर्फबाट क्रमशः डा. जगमान गुरूङ्ग, प्रा.डा. प्रेम खत्री, प्रा.वीणा पाैडेल, जिवछ शाह, मदनकृष्ण श्रेष्ठ, गाेपाल धाैवन्जार, पुष्प मुनंकर्मी, विनाेद चरण राय, राेशन कुमार झा र महेन्द्रध्वज राणालगातले राख्नुभएकाे जिज्ञासाकाे स्राेत व्यक्तिहरूले उत्तर दिनुएकाे थियाे ।

उक्त विचार गाेष्ठीलाई ई. सुदिप हाडाले सहजिकरण गरी कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएकाे थियाे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुहुँदै सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीले प्राज्ञिकस्तरकाे याे कार्यक्रमबाट नवदुर्गा भवानी र भक्तपुर सम्बन्धी रहेकाे परम्परागत मान्यताबारे अामजनमानसले अझ बढी ज्ञान हासिल गरी एकअापसमा सद्भाव र सहिष्णुता कायम रहनेमा अाफु विश्वस्त रहेकाे बताउनुभयाे ।
सङ्घका सल्लाहकार प्रा.शिव प्रसाद मुनंकर्मीकाे सभाध्यक्षता एवं एस. अाे.एस. बाल क्ववका २ जना बालबालिकाकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी सबैलाई सङ्घका प्रथम उपाध्यक्ष धर्मभक्त बल्लले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे ।
प्रबुद्धवर्ग देखि सङ्घका पदाधिकारी, अाजीवन सदस्यहरू, स्थानिय वासिन्दा र अन्य इच्छुकवर्गहरूसम्मकाे सहभागिता रहेकाे उक्त कार्यक्रमकाे प्रस्तुतिकरण ईश्वर पलिखेलले गर्नुभएकाे थियाे ।