देशभर ८८४ संक्रमित हुँदा भक्तपुरका १२ जना संक्रमित

देशभर ८८४ संक्रमित हुँदा भक्तपुरका १२ जना संक्रमित
काठमाण्डौ, भाद्र १२ गते
देशभर ८८४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सनिबार भक्तपुरका १२ जना थप संक्रमित भएको पाइएको छ । काठमाण्डौ उपत्यकामा भने १८६ थप संक्रमित भए । काठमाण्डौ जिल्लाका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जना थप संक्रमित भएका हुन । देशभर १० हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा ८८४ जनामा पोजेटिभ देखिएका हुन । संक्रमितहरु २४२ महिला तथा ६४२ पुरुष रहेका हुन भने पछिल्लो २४ घण्टा भित्र ३१३ जना संक्रमित कोरोना जितेर घर फर्केका छन् । अहिलेसम्म संक्रमित हुनेहरु ३७ हजार ३४० मध्ये २० हजार ५५५ जना कोरोना जितेर घर फर्कि सकेका छन् । कोरोना जित्नेको दर ५५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । अहिले सक्रिय संक्रमित १६ हजार ६७७ जना रहेका छन् ।

उपचारको क्रममा पाटन अस्पतालमा उपत्यकाका थप २ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएपछि देशभर मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ । शनिवबार ३ महिला ९ पुरुष सहित १२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका हुन । संक्रमितहरु मध्ये होम आइसोलेशनमा ६ हजार ४४५ र संस्थागत आइसोलेशनमा १० हजार १४५ जना रहेका छन् । विदेशबाट नेपाल फर्केर क्वारेन्टिनमा बस्नेको संख्या पनि ८ हजार ३५ जना रहेका छन् ।