भक्तपुर युवा टिमद्वारा दोस्रो भक्तपुर कप २०७९ गर्ने घोषणा

भक्तपुर युवा टिमद्वारा दोस्रो भक्तपुर कप २०७९ गर्ने घोषणा
भक्तपुर, माघ ९ गते । भक्तपुर युवा टिमले दोस्रो भक्तपुर कप २०७९ गर्ने घोषणा गरेको छ । फार्गुणको पहिलो हप्ता सहीद दिवसको अवसर पारेर गत वर्ष झै यस वर्षमा पनि भक्तपुर कप आयोजना गर्ने तयारी भएको आयोजक भक्तपुर युवा टिमले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी बारे जानकारी गराएका हुन । आयोजकहरुका अनुसार सो प्रतियोगिता फार्गुण ५ गतेदेखि १३ गतेसम्म महेश्वरी खेल मैदानमा आयोजना हुने छ । कोरोनाले सुस्ताएको खेलकूद गतिविधिलाई अगाडी बढाउन भक्तपुर युवा टिम एक युवा एक खेलकूदको अवधारणा अनुसार खेल गतिविधिमा फेरी सक्रिय भएको उल्लेख गर्दै दोस्रो भक्तपुर कपमा विजेता टिमलाई नगद १ लाख २५ हजार र उपविजेतालाई ६० हजार नगद सहितको मेडल र प्रमाण पत्रको ब्यवस्था गरेको जनाए ।


आयोजक समितिका अध्यक्ष केशव त्वायनाबासुको सभापतित्वमा भएको सो प्रतियोगिता बारे सचिव रामेश्वर मचामसीले जानकारी दिएका थिए भने जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापाले भक्तपुर युवा टिमको भक्तपुर कप २०७९ आयोजना गर्ने घोषणा उत्साहप्रद भएको भन्दै यसलाई भक्तपुर जिल्ला खेलकूदमय बन्दैछ भन्ने उदाहरणीय कार्य भएको बताए । खेलकूदका गतिविधिह? बढ्नु जिल्लाबासीका लागि खुसीको कुरा र खेलाडीका लागि अवसर पनि भएको भन्दै उहाँले प्रतियोगिताहरु आयोजना हुँदा समितिबाट विभिन्न सहयोग गर्दै आएको पनि बताए ।
अनुशासन, मित्रता र स्वास्थ्यका लागि खेलकूदको उद्घोष गर्ने भक्तपुर युवा टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले टिम स्थापनाका उदेश्यह? माथि प्रकाश पार्दै युवाहरुलाई खेलकूदमा आवद्ध गराएर अनुशासित बनाउन चाहेको बताए । खेलमा जतिसुकै उत्कृष्ठ भएपनि अनुशासन भएन भने त्यसको महत्व नहुने चर्चा गर्दै संस्थापक अध्यक्ष कवांले २०५० साल देखि भक्तपुर युवा टिम स्थापना गरेर जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा निरन्तर लागि रहेको स्मरण गर्नु भयो । भक्तपुर युवा टिमको भक्तपुर कप २०७९आयोजनालाई जिल्ला खेलकूद विकास समितिले पनि सहयोग गर्न तर्परता देखाएकोमा आभार प्रकट गर्दै उहाँले टिमले भक्तपुर कप २०७९ आयोजना गर्ने घोषणा गरेपछि यो प्रतियोगिता सबैको साझा भएको भन्दै सफलतापूर्व प्रतियोगिता आयोजना गर्न आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भयो ।
टिम स्थापना हुनुभन्दा पहिला देखि भक्तपुरमा खेलकूद विकासका लागि निरन्तर लागि रहेको उल्लेख गर्दै टिमका अध्यक्ष केशव त्वायनाबासुले अग्रजहरुले स्थापना गरेको भक्तपुर युवा टिमबाट खेलकूद गतिविधी अगाडी बढाउन दोस्रो भक्तपुर कप २०७९ आयोजनाको तयारी गरेको बताउँदै गत वर्ष झै यस पटकको दोस्रो भक्तपुर कप पनि भव्य?पमा सफल हुने विश्वास ब्यक्त गर्नु भयो ।
प्रतियोगिताका संयोजक संजिब कवांले प्रतियोगितामा आयोजक समितिको तर्फबाट १ टिम सहित १६ टिमको सहभागिता हुने र टिम दर्ता सुल्क रु.१२५०० रहेको बताए । प्रतियोगिताका विजेतालाई १ लाख २५ हजार, दोस्रोलाई रु ६० हजार नगदका साथै पदक र प्रमाण पत्र सहित ट्रफी प्रदान गरिने बताए । साथै प्रत्येक म्याचमा म्यान अफ दि म्याच बराबर रु २हजार, राईजिङ प्लेयर वरावर रु १ हजार, प्रतियोगिताभर अनुशासित भई खेल्ने टिमलाई रु १० हजार तथा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार, फर्वाड, मिडफिडर, डिफेण्डर गोलकिपर तथा कोच प्रत्येकलाई नगद रु ५ हजार र ट्रफी प्रदान गरिने जनाए । साथै उहाँले खेल नियमहरुको पनि जानकारी गराएका थिए ।