भक्तपुर महोत्सवकालागि लक्ष्मी नरसिंह मन्दिर तयार हुने

भक्तपुर महोत्सवकालागि लक्ष्मी नरसिंह मन्दिर तयार हुने
भक्तपुर, मंसिर १६ गते
भक्तपुर महोत्सवकालागि भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिर हेर्न लायक सम्पदाको रुपमा तयारी हुने भएको छ । गत ४ वर्ष देखि निरन्तररुपमा परम्परागत शेल्मिा निर्माण भईरहेको सो मन्दिरको पेटी निर्माण कार्य पूरा गर्दै भक्तपुर महोत्सवकालागि मन्दिर तयार हुने भएको हो । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं पूर्वजनप्रतिनिधी कुमार चवालले मन्दिर निर्माण कार्य नै महोत्सवमा देखाउन पाए राम्रो हुने सुझाव आएपनि महोत्सवसम्म आइपुग्दा मन्दिर निर्माण कार्यले करिव करिव पूर्णता पाउने भएकोले महोत्सवकालागि हेर्न लायकको सम्पदा तयार हुने बताए । उहाँले मन्दिरका महत्वपूर्ण झ्याल ढोकाहरु निर्माण कार्य जारी रहेपनि बाहिरी स्वरुप पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको बताएका हुन ।


मन्दिर निर्माणपूरा भएसँगै भक्तपुर महोत्सव पनि आयोजना हुने भएकाले तौमढी र गःहिटीआसपासका ऐतिहासिक सम्पदा, पर्वहरुको पनि प्रदर्शनीको तयारी हुने बताए । उहाँले भने मान्छे मरेपछि मरेका मान्छेहरुको गणना गर्ने हेतुले सञ्चालित भैरवको साँचा बाहेक विस्का जात्रामा प्रस्तुत हुने भैलखः, योसिंद्य, पुलुकिसी लगायत मन्दिरहरुको हलिमली समेत महोत्सवकालागि प्रदर्शनी गर्ने तयारी भएको बताए ।