सन्दर्भ विश्व एड्स दिवसः भक्तपुरमा १५१ जना एचआईभि संक्रमितको उपचार हुँदै
भक्तपुर, मंसिर १६ गते
एड्स अन्त्यकालागि सबैको अधिकार सुनिश्चित गरौं नाराका साथ आज विभिन्न कार्यक्रम गरी ३७ औं विश्व एड्स दिवस मनाएको छ । सो अवसरमा जनसचेतना अभिवृद्धि गर्न भक्तपुरमा एचआईभि एड्सबाट दिवंगत भएकाहरुको स्मृतिमा मौनधारण तथा दीपावली गरी मनाएको छ । जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना र विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा भक्तपुरको राधेराधेमा दिप प्रज्वलन गर्दै एचआईभी एड्सलाई सन् २०३० भित्रमा अन्त्य गर्ने अभियान सफल पार्न व्यापक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएका थिए ।


विभिन्न कारणले एचआईपी लाग्दैमा आतिनु नपर्ने उल्लेख गर्दै कार्यक्रमका बक्ताहरुले एचआईपी भाइरसका कारण लाग्ने भएकाले भाइरस नियन्त्रण र उपचारका विभिन्न माध्यमहरु विकास भइसकेकाले उपचार गरे निको हुने र एड्स हुनबाट बचाउन सकिने भएकाले व्यापक जनचेतनाको आवश्यकता भएकोमा जोड दिएका थिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले एचआईपी एड्सका कारण संसारभरबाट १४ करोड भन्दा बढीले ज्यान गुमाइसक्दा एचआईपीबाट एड्स हुन नदिन जनचेतनाकालागि हरेक वर्ष यसरी नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै एचआईभी एड्सबारे घर घरमा सचेतनाअभिवृद्धी गर्नु अभियान्ताहरुलाई आग्रह गर्नु भयो । भने अभियान्ता जोति थापाले यौन रोग र एचआईभी एड्स बारे समाजले खुलेर कुरा गर्न नसकिरहेको बेला संक्रमितको संख्या व्यापक भएको भन्दै यस बारे सचेतनाकालागि खुलेर कुरा गर्न आग्रह गर्नु भयो ।



कार्यक्रममा एचआईभी एड्सका फोकल पर्सन तिब्रता शर्मा सहितका बक्ताहरुले एड्चआई रोकथामका गतविधिहरु बारे प्रकाश पार्दै यसबारे खुलेर बोल्न आग्रह गर्दै जिल्लामा हाल १५१ जना संक्रमितहरुले उपचार गर्दै आएको बताएका थिए । सो कार्यक्रम जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामीले सहजिकरण गरेका थिए ।













