फलफुल र मिठाई पसलमा भेटियो म्याद नाघेको सामानहरु, जफत गरी नष्ट

फलफुल र मिठाई पसलमा भेटियो म्याद नाघेको सामानहरु, जफत गरी नष्ट
भक्तपुर, २९ पुस । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगर भित्र रहेको फलफुल र मिठाई १५ वटा पसलहरुमा अनुगमन शुक्रबार जगातिमा सम्पन्न भयो ।
अनुगमनमा सन्दिप जुस पसलले पेटी र पसल बाहिर सामान राखेकोले पेटी र पेटी बाहिर सामान राखेर बेचविखन नगर्न, मुल्य सुचि राख्न र म्याद नाघेको सामानहरु ५०० मिलिको ड्यू १६ वटा, एक लिटरको रियल जुस २ वटा र म्यागो जुस १ वटा जफत गरी नष्ट गरियो । त्यस्तै सोनु महतोले पसल दर्ता नगरी संचालन गरेकोले पसल दर्ता गर्न, पसल बाहिर पेटी र पेटी बाहिर समान नराख्न, तराजु नविकरण नगरेकोले जफत गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै श्री जगाती मिठाई भण्डारमा सरसफाइमा ध्यान दिन, मिठाईहरुमा कलर बढी राखी बेचविखन गरेकोले ५ केजि मैदामा १ ग्राम मात्र खाद्य कलर हाल्न निर्देशन दियो भने प्याकेजिङ्ग सामान गुडपाक लगायतमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो । त्यस्तै अर्को जगाति मिठाई पसलमा मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, मिठाईहरुमा कलर बढी राखी बेचविखन गरेकोले ५ केजि मैदामा १ ग्राम मात्र खाद्य कलर हाल्न निर्देशन दियो भने प्याकेजिङ्ग सामान गुडपाक लगायतमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न र तराजु २०७६ सालमा नै नापतौल विभागमा नविकरण गर्न सुझाब दिएकोमा नविकरण नगरेकोले तराजु १ थान जफत गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, ज्ञानबहादुर मानन्धर, रिता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा न्हुज किजू, जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. अमित दण्डेखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उर्मिला के.सि.को उपस्थित रहेको थियो ।