हानीको न्युनीकरण र लाभको बिस्तारको नारा सहित विश्व बायोइथिक्स दिवस मनाइयो |
धरान, कार्तिक ३ गते
‘हानीको न्युनीकरण र लाभ’को बिस्तारको नारा सहित विश्व बायोइथिक्स दिवस मनाइएको छ । विश्वभरि नै सञ्जाल रहेको युनेस्को-बायोइथिक्स समूहमा नेपाल सन् २०१४मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाइँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिँदै आएकोछ ।












