भोली र पर्सि भक्तपुरमाउपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता हुने

भोली र पर्सि भक्तपुरमाउपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता हुने
भक्रपुर, जेष्ठ १७ गते
उपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता २०८१मा २८० खेलाडीहरु प्रतिस्पर्धा आउने भएको छ। भक्तपुर टेक्वाण्डो संघले आज भक्तपुरमा पत्रकार सम्मलेन आयोजना गर्दै जेष्ठ १८ र १९ गते भक्तपुरमा हुने उपत्यकाव्यापी पुम्से र गेरोगी प्रतियोगिता २०८१मा २८० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएको जानकारी दिएका हुन । प्रतियोगिता संयोजक बालकृष्ण सांदद्वारा जारी प्रेस विज्ञप्तिमानेपाल तेक्वान्दो संघ भक्तपुर जिल्ला तेक्वान्दो संघले डोजाङ र विद्यालयहरुमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुलाई प्रोत्साहन तथा हौसला दिनको लागि र राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले यही जेठ १८ र १९ गते उपत्यका व्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता गर्न गइरहेको जानकारी गराएका हुन । प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे जिल्लाका डोजाङहरुबाट खेलाडीहरु सहभागी भएको छ । ➤ दुई दिन चल्ने प्रतियोगितामा पुरुष जुनियर तर्फ क्रमशः २० के.जी. मुनि, २२ के. जी. मुनि, २४ के. जी. मुनि, २७ के. जी. मुनि, ३० के. जी. मुनि, ३३ के.जी. मुनि, ३६ के.जी. मुनि, ३९ के. जी. मुनि, ४२ के.जी. मुनि, ४६ के.जी. मुनि, ५० के.जी. मुनिका गरी जम्मा ११ समूह हुनेछ । ➤ पुरुष सिनियर तर्फ क्रमशः ५४ के. जी. मुनि, ५८ के. जी. मुनि समूहका लागि जम्मा २ समूह हुने जनाएको छ ।


महिला जुनियरतर्फ क्रमशः २२ के.जी. मुनि, २५ के.जी. मुनि, २८ के.जी. मुनि, ३१ के. जी. मुनि, ३४ के. जी. मुनि, ३७ के.जी, मुनि, ४० के.जी. मुनि, ४३ के.जी. मुनि, ४६ के. जी. मुनिका गरी जम्मा ९ समूह हुनेछ । श्र महिला सिनियरतर्फ क्रमशः ४९ के.जी. मुनि, ५३ के. जी. मुनिका गरी जम्मा २ समूह हुनेछ । श्र पुम्से तर्फ पुरुष १२–१४ वर्ष क्यडेट, १७ वर्ष मुनि पुरुष, सिनियर पुरुष र महिला १२–१४ वर्ष क्याडेट, १७ वर्ष मुनि महिला, सिनियर पुरुष र महिलाको पुम्से हुनेछ ।
प्रतियोगिता गेरोगीमा पुरुष र महिला समूहमा २४ वटा र पुम्सेमा पुरुष र महिला समूहमा ६ वटा गरी जम्मा ३० वटा स्वर्ण पदकको लागि खेलाडीहरु सहभागी भएको छ यस प्रतियोगिता ३२ डोजाङहरुबाट २८० खेलाडीहरु सहभागी हुने विज्ञप्ति मार्फत जानकारी दिएको छ। प्रतियोगितामा टिम प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको छ । गेरोगी र पुम्सेतर्फ पुरुष र महिलामा १ जना गरी जम्मा ३७ जना खेलाडीहरुले यस प्रतियोगितामा भाग लिएको छ ।
यस प्रतियोगितामा भाग लिनुहुने खेलाडीहरु तेक्वान्दोको नियम अनुसार अनुशासनमा बसी खेल खेल्नुहुनेछ र डोजाङ प्रमुख तथा टिम कोचहरुले पनि आफ्ना खेलाडीहरुलाई अनुसन्धानमा राधी प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नुहुनेछ भने मैले विश्वास लिएको छु । प्रतियोगिता संयोजकक बालकृष्ण सांदले विज्ञप्ति जारी गर्दै बताएका छन् ।
आयोजक भक्तपुर टेक्वाण्डो संघका अध्यक्ष श्याम तजलेले कार्यक्रमको सभापतित्व ग्रहणगर्दै आफ्नो श्रोत र सामथ्र्य प्रतियोगिता आयोजना गर्ने अन्तिम तयारी गरेको बताए । तेकाण्डो खेलमा पुम्से र गेरोगीको महत्व बारे प्रकाश पार्दै उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मेडल जितेर नाम कमाउन सकिने खेल तेकाण्डो रहेकाले यस खेलको विकास र स्नोतिकालागि प्रतियोगिता आयोजना गरेको बताए । नगद, मेडल पुरस्कार वितरणको समेत तयारी पूरा गरी आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतियोगिता आयोजना गर्न रु. ५ लाख खर्च हुने पनि बताएका थिए ।
प्रतियोगिताको उद्घाटज सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरीता भट्टराइले गर्नेे आयोज समितिले जनाएको छ ।