समय साकोसको रक्तदानकार्यक्रममा ४६ जनाले गरे रक्तदान

समय साकोसको रक्तदानकार्यक्रममा ४६ जनाले गरे रक्तदान
भक्तपुर, जेष्ठ १७ गते
समय वचत तथा ऋण सहकारी संस्था लि.ले आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । ३६ जना पुरुष र ११ जना महिला गरी ४६ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक केपी दुवालले जनाएको छ । संस्थाको सामजिक उत्तरदायित्व र गतिविधि अन्तर्गत आयोजित सो रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा च्याम्हासिंह चोकमा आज विहान आयोजना गरेको सस्थाका अध्यक्ष कृष्णसुन्दर बेकोजुले जनाएको छ । उपचारमा रहेका विरामीहरुकालागि रगतको अभाव भएको कुरालाई मध्यनजर गर्दै समय साकोसले सो रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।