पूर्व सेना र प्रहरीलाई रासन कार्डको माग गर्दै भक्तपुरमा नयाँ नेतृत्व चयन
भक्तपुर, फाल्गुण १७ गते
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले मासिक २० हजार रासन कार्डको माग गरेका छन् । राष्ट्रसेवकहरु नै अवसरको खोजिमा जागिर छाडेर हिड्न थालेपछि सो सुविधाको माग गरेका हुन । वार्षिक ५ देखि ७ हजार जना सेना, प्रहरीका तालिम प्राप्त जनशक्ति विदेश पल्याण भइरहेको भन्दै संगठनका बागमति प्रदेश समितिका उपाध्यक्ष रञ्जन खड्काले वार्षिक राज्यको १७ अर्व रकम पनि बच्ने र बहालवाला एवं पूर्व सेना, प्रहरीको माग पनि पूरा गराउने गरी आफ्नो संगठन लागि परेको भन्दै शनिवार भक्तपुर शाखाको दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।


उपाध्यक्ष खड्काले दिएको जानकारी अनुसार पूर्व सेना र प्रहरीको हकहितकालागि सो संगठनले रासन कार्डको माग गरेको हो । पूर्व सेना र प्रहरीले सरकारसँग महिनाभरीका लागि दाल, चामल, तरकारीहरु रासन कार्डको रुपमा व्यवस्था गरि दिन माग राख्दै देश भर ७२ जिल्लामा संगठन विस्तार गरिसकेको छ । साह्रे तीन लाखको संख्यामा रहेका वाहालवाला र पूर्व सेना, प्रहरीलाई रासन कार्ड वितरण गरेमा ५।७ अर्व मात्रै खर्च बढ्ने देखिएपनि यसले वार्षिक १७ अर्व वचत हुने उनले दाबि गरेका हुन । राज्यले एक जना सेना, प्रहरी तयार गर्न प्रति व्यक्ति ९ लाखसम्म खर्च गर्ने गरेको तथ्य प्रस्तुत गर्दै उपाध्यक्ष खड्काले वार्षिक ७ हजारले जागिर छाड्दा ६ अर्व भन्दा बढी राज्यलाई घाटा भएको बताए । तालिम प्राप्त सेना, प्रहरी जागिर खाएको ५ देखि १० वर्षमै जागिर छोडेर हिड्ने गरेको उल्लेख गर्दै उहाँले जागिर छोडेर जानेले पनि ६ अर्वकै हाराहारीमा सेवा सुविधा लिएर जाने तथा फेरी नयाँ भर्ति गर्न राज्यलाई १३ अर्वको भार पर्ने चर्चा गर्दै उपाध्यक्ष खड्काले यसबाट राज्यलाई वार्षिक २०।२२ अर्व र्खच भइरहेको दाबि गरेका छन् ।
उपाध्यक्ष खड्काले भने यसै गरी जागिर छाडेर हिड्ने चलन बढेमा अवको १० वर्षपछि सेना र प्रहरीमा जागिर खाने जनशक्तिको समेत कमि हुने छ ।
नेकपा एमाले निकट निकटको सो संगठनले भक्तपुर जिल्लाका ४ वटै नगरस्तरीय कमिटी बनाएर जिल्लाका ३८ वडा मध्ये २८ वडामा आफ्नो संगठन विस्तार गरिसकेको छ । १५।२० हजार पूर्व सेना, प्रहरी रहेको जिल्लामा ५६४ जना सदस्य बनाइ सकेका छन् ।
शनिबार सम्पन्न दोस्रो भक्तपुर जिल्ला अधिवेशनले ईश्वरकुमार बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेका छन् । उपाध्यक्षहरुमा राध्येश्याम शाख, राजकुमार कार्की, सचिवमा सनतकुमार रिसाल, उपसचिवहरुमा राजन पौडेल, विश्वराम कुमाल र कोषाध्यक्षमा दिपबहादुर तामाङ सहित २१ सदस्य नयाँ कार्य समिति चयन गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सो सम्मेलन शनिबार भक्तपुरमा सम्पन्न गरेका हुन ।














