भक्तपुरका कोरोना संक्रमित ३ जना जनप्रतिनिधी होम आइसोलेसनमै उपचारमा

भक्तपुरका कोरोना संक्रमित ३ जना जनप्रतिनिधी होम आइसोलेसनमै उपचारमा
भक्तपुर, भाद्र २२गते
जनतामा कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि दिनरात खति रहेका भक्तपुरका ३ जना जनप्रतिनिधीहरु समेत कोरोना संक्रमित भएका छन् । भाद्र १४ गते जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा स्वाव दिएका ती जनप्रतिनिधीहरुको शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । ती जनप्रतिनिधीहरुसँगसँगै लागि रहेका भक्तपुर नगरकै एक युवामा कोरोना पुष्टि भएपछि भक्तपुर नगरका संभावित जनप्रतिनिधीहरुले कोरोना परिक्षण गराएका थिए । त्यस मध्ये भक्तपुर नगरपालिका वडा नम्वर ३ र ४ का जनप्रतिनिधीमा कोरोना पोजेटिभ भएको छ भने भक्तपुर क्षेत्र नम्वर १ का सांसदमा पनि कोरोना पोजेटिभ देखिएको छ । उहाँहरुमा संक्रमण पुष्टि भएपछि आआफ्नै घरको आइसोलेसनमा रहेर उपचार गरि रहेका छन् । स्वाव दिएको जनस्वास्थ्य केन्द्रका चिकित्सकले पोजेटिभ भएको जानकारी दिने बितिक्कै उहाँहरु शनिबार विहान देखि होम आइसोलेसनमा रहनु भएको हो । तीनै जनामा एक्कै दिन संक्रमण पुष्टि भए पनि उहाँहरुमा कोरोनाको लक्षण भन्ने नदेखिएको एक जनप्रतिनिधीले जनाएका छन् । संक्रमित सबै जनप्रतिनिधीको स्वास्थ्य सामान्य रहेको छ ।

This image has an empty alt attribute; its file name is prem-suwal.jpgनेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवाल पनि कोरोना संक्रमित भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा शनिबार नै समाचार प्रकासित तथा प्रशारित भइसकेका छन् भने अन्य जनप्रतिनिधीको भने नाम अझै खुलाएको छैन् । भक्तपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष कुमार चवालका अनुसार संक्रमित पुष्टि भएका जनप्रतिनिधीहरु उच्च सर्तकताका साथ आआफ्नो घरकै आइसोलेसनमा रहेका छन् । नियमित रुपमा माक्स, स्यानिटाइजर, सामाजिक दुरी कायम गर्दा गर्दै पनि जनप्रतिनिधीहरु संक्रमित हुन पुगेकोमा आश्चय लागेको उल्लेख गर्दै वडाध्यक्ष चवालले संक्रमित जनप्रतिनिधीहरुको समेत कन्ट्याक टे्सिंग काय भइरहेको बताउनु भयो । परिवारका सदस्यको स्वाव समेत संकलन कार्य पूरा भएको उहाँले बताउनु भयो । नगर प्रमुख सुनिल प्रजापतिको भने कोरोना नेगेटिभ (कोराना संक्रमण देखिएको छैन) उहाँले भन्नु भयो । भाद्र १४ गते दिएको स्वावको शनिबार मात्र रिपोर्ट आएकाले परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गराउनुका साथै नजिकको सम्पर्कमा आएकाहरु सबै जना पनि होम क्वारेन्टिनमा रहेको जनाएको छ ।
संक्रमितको घर आँगनमा पुगेर थप संक्रमण रोकथामका लागि सिल गर्न हिड्ने गरेका जनप्रतिनिधीहरु आफै संक्रमित हुँदा भने संक्रमति बसेको घरलाई सिल नगरेको उहाँले बताए । संक्रमित जनप्रतिनिधीका परिवार स्वनियन्त्रणमा रहेकाले जोखिम नहुने उल्लेख गर्दै छर छिमेकीसँगको सल्लाहमा संक्रमित जनप्रतिनिधी र उनका परिवारहरु होम आइसोलेसनमा रहेको बताएका छन् । संक्रमित जनप्रतिनिधीहरु होम आइसोलेसनमा रहँदै वडाका अन्य समुदायलाई सुरक्षित व्यवहारमा फोनमार्फत आग्रह पनि गर्दै आएको उहाँले बताए । जनप्रतिनिधी सँगसँगै हिड्नुपर्ने, भेट्नुपर्ने समुदाय तथा अतिआवश्यक कामका लागि आएका वडा बासीहरुलाई पनि सचेत रहन आग्रह गरिसकेको उहाँले बताए । संभावित संक्रमणको जोखिममा रहेका व्यक्तिहरुको परीक्षणको लागि समेत सिफारिस गरि सकेको उहाँले बताए । समुदायलाई हेर चक्राई नगर्न, माक्स लगाएर, भौतिक दुरी कायम गरेर मात्र हिड्डुल गर्नु भन्दा रिसाउनेहरु समेत रहेकोे अनुभव सुनाउँदै परेपछि मात्रै चेतिने भएको बताउँनु भयो । उहाँँले स्वास्थ्य मापदण्ड पूरा गरी सुरक्षित व्यवहारमा रहँदा पनि ती जनप्रतिनिधीहरुमा संक्रमण देखिएको भन्दै थप सर्तकता अपनाउन आवश्यक भएकोमा जोड दिए |

पछिल्ला दिनहरुमा भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढि रहेको छ । आइतबार साँझसम्म जिल्लामा ७१८ संक्रमित भइसकेका छन् भने ११ जनाको मृत्यु भए भने १४८ जना संक्रमित निको भएपछि अहिले सक्रिय संक्रमितको संख्या ५४९ जना रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेको जिल्लालाई उच्च कोरोना संक्रमित जिल्ला भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप सर्तकता अपनाउ आग्रह गर्दै आएको छ ।