भाजु पोखरी र जलेश्वर मन्दिरको उद्घाटन

भाजु पोखरी र जलेश्वर मन्दिरको उद्घाटन
भक्तपुर, फाल्गुण २५ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले भाजुपुखू तथा जलेश्वर मन्दिरको पुर्ननिर्माण तथा पुस्तक विमोचन गर्नु भएको छ । भक्तपुर नगरपालिका वडा नं १ स्थित भक्तपुर क्याम्पससँगैको भाजु पोखरी र जलेश्वर मन्दिरको रिवन काटेर अध्यक्ष विजुक्छेले आज पोखरी परिसरमा आयोजित एक समारोह बीच उद्घाटन गर्नु भएको हो भने सो निर्माण कार्यका गतिविधि र पोखरीको ईतिहास बारे अभिलिखित पुस्तक पनि सोहि अवसरमा विममोचन गर्नु भयो । भक्तपुर नगरपालिका वडा नं ३ स्थित नासमना टोल देखि साँस्कृतिक बाजा र नाँच सहितको र्याली आयोजना गरी आज भक्तपुर नगरपालिकाले भाजुपुखू तथा जलेश्वर मन्दिरको पुर्ननिर्माण तथा पुस्तक विमोचन समारोह आयोजना गरेका हुन ।