तेस्रो भक्तपुर कपको फाइनलमा पाण्डुबजार एफसी र सामाजिक युथ क्लब शनिबार भिड्ने

तेस्रो भक्तपुर कपको फाइनलमा पाण्डुबजार एफसी र सामाजिक युथ क्लब शनिबार भिड्ने
भक्तपुर,
तेस्रो भक्तपुर कपको फाइनलमा पाण्डुबजार एफसी र सामाजिक युथ क्लब भिड्ने भएको छ । आज भएको सेमिफाइनलहरुमा पाण्डुबजार एफसीले झौखेल युनाइटेडलाई २।० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेका हुन भने वी आर ब्रडर्स र सामाजिक युथ क्लव बीच भएको अर्को सेमिफाइनल खेलमा खेलको अन्तिम चरणसम्म गोल रहित बराबरी खेले पनि सामाजिक युथ क्लवले पाएको पेनान्टीको सदुपयोग गर्दै गरेको १गोलबाट सामाजिक युथ क्लव फाइनलमा पुग्न सफल भएको थियो ।

पहिलो खेलमा इब्राहिम फुफुउर उत्कृष्ठ खेलाडी घोषित भएका थिए भने उद्यीमान खेलाडीको रुपमा सुशान्त श्रेष्ठ छनौटमा परेका थिए । अर्को खेलमा सामाजिक युथ क्लवका क्याप्टेन ओशन राई उत्कृष्ठ खेलाडी भएका थिए भने उद्यीमान खेलाडीको रुपमा संयोग लिम्बु घोषित भई पुरस्कृत भएका थिए ।
प्रतियोगित हेर्न आएका दर्शकहरु मध्ये पहिलो खेलमा कृष्ण लक्ष्मी सुवाल र लक्ष्मीप्रसाद प्रजापति तथा दोस्रो खेलमा ललिता तामांग र रामप्रसाद गोजा उत्कृष्ठ दर्शकको रुपमा पुरस्कृत भएका थिए ।
भक्तपुर युवा टिमद्वारा आयोजित तेस्रो भक्तपुर कप २०८०को फाइनल खेल शनिबार विहान ११ बजे हुने आयोजक समितिका सदस्य तथा प्रतियोगिता संयोजक सुरेश कवांले जानकारी दिएको छ । प्रतियोगिताको पुरस्कार वितरण तथा फाइनल खेल नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा महेश्वरी खेल मैदानमा आयोजना हुने संयोजक कवांले जानकारी दिएका हुन ।