किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव सम्पन्न
२०७८ असोज १५ गते, शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव कार्यक्रमको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले लोपोन्मुख सम्पदा संरक्षणमा विभिन्न कालखण्डमा खिचिएका फोटोहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै फोटो भनेको इतिहास र समाजको ऐना हो भन्नुभयो ।
पुराना तथा मौलिक फोटोहरुले भक्तपुरको इतिहास अध्ययन गर्न मद्दत पुर्याएको बताउनुहुँदै पुराना पुराना फोटोहरुको संकलन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख प्रजापतिले पुराना तस्बीरहरुकै कारण आजभन्दा ९० वर्ष अगाडि बनेको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित फसी देग मौलिक शैलीमै पुनःनिर्माण भइरहेको अवगत गराउनुहुँदै सोसँगै रहेको पुरातत्वविभागको भवन पनि मौलिक शैलीमै पुनःनिर्माण गर्ने तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रममा किपाग्राफी भक्तपुरका सल्लाहकार एवम् भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिले विदेशिने युवाहरुलाई नेपालमै रोजगारी प्रदान गर्न विभिन्न सीपमूलक तालिमहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुहुँदै नयाँ पुस्ता अझ समाजप्रति उत्तरदायी हुन जरुरी रहेको बताउनुभयो ।
किपाग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापतिले भक्तपुरको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले किपाग्राफीको स्थापना भएको बताउनुहुँदै विद्यालय तहदेखि फोटोग्राफीको कक्षाहरु लिनुपर्ने बताउनुभयो ।
वरिष्ठ फोटोग्राफर जगदीश तिवारीले फोटोग्राफरहरुले भक्तपुरलाई संसारभर चिनाउने काम गरिरहेको बताउनुहुँदै स्थानीय निकायले उनीहरुलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा किपाग्राफी भक्तपुरका उपाध्यक्ष पद्मसुन्दर शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने फोटोग्राफर रबिता किसी, सचिव बालकृष्ण प्रजापति र किरण सुवालले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले वरिष्ठ फोटोग्राफर तथा सिनेमाटोग्राफी केदारप्रसाद बनेपालीलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने उहाँले किपाग्राफी भक्तपुरको आयोजनामा भएको भक्तपुरको नवदुर्गा नाचसम्बन्धी फोटो प्रतियोगिता २०७८ का उत्कृष्ट १० र प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्न सफल फोटोग्राफरहरुलाई पुरस्कार, सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसैगरी किपाग्राफी भक्तपुरमा पदमसुन्दर शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति गठन भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














