अभिभावक संघ नेपालको छैठौं महाधिवेशन

अभिभावक संघ नेपालको छैठौं महाधिवेशन
भक्तपुर, १४ फागुण । अभिभावक संघ नेपालको छैठौं महाधिवेशनबाट निर्वाचित कार्य समितिको पहिलो बैठक संरक्षक सुप्रभात भण्डारीको प्रमुख आतिथ्यतामा र अध्यक्ष केशब पुरीको अध्यक्षतामा भक्तपुरको मुग्लान होटलमा सोमबार सम्पन्न भयो ।
प्रमुख अतिथि सुप्रभात भण्डारीले ग्यालेक्स स्कूल दक्षिण भारतीय शिक्षिकाहरु राखेर संचालन गरेकोमा अभिभावक संघले विरोध गरेको बताउँदै विगत बर्षहरुमा रजिष्ट्रेशन छुटेका सायौं विद्यार्थीलाई एसईई परीक्षाबाट बञ्चित गराउन खोज्दा संघर्ष गरेर परीक्षा दिलाएका विद्यार्थीहरु विशिष्ट श्रेणीमा पास भएको संघर्षका कुराहरु बताउनुभयो । उहाँले शिक्षा नि:शुल्क भनेर संविधानको मौलिक हकमा भएतापनि अभिभावकहरु जागरुक नहुँदा सरकारले नि:शुल्क नगरेको बताउँदै ड्रेसकोड, छात्राबृत्ति लगायत विषयमा संघर्ष र दबावमुलक कार्यक्रम आवश्यक छ भन्नुभयो ।

उहाँले समग्र अभिभावकको समस्या सम्बोधन गर्नु हाम्रो दायित्व भएता पनि समाधनमा शिक्षा मन्त्रालयले अभिभावक संघलाई नटेरेको बताउनुभयो । उहाँले शिक्षा र रोजगारी, उत्पादन र रोजगारीसंग नजोडे देश बरबाद हुने बताउँदै ए प्लस र ए गे्रडका विद्यार्थीहरु दैनिक २२/२३ जना पलायन भई रहेको बताउँदै प्रति बर्ष श्रम बजारमा आउने पाँच लाखमा एक लाखलाई मात्र रोजगारी पाउँदा चार लाख रोजगारीको लागि विदेशीने गरेको बताउनुभयो । उहाँले मन्त्री पिच्छे नीति परिवर्तन हुँदा गणतन्त्र आएको दश बर्षमा नौ जना शिक्षा मन्त्री फेरिएको साथै भागबन्दामा उपकुलपति आउने गरेको अहिले सोह« वटा विश्व विद्यालय भई सकेको बताउँदै नीति र उत्पादन के कस्तो त्यसको समिक्षा हुन आवश्यक छ भन्नुभयो । उहाँले शिक्षालाई बैज्ञानिक र रुपान्तरण गर्ने अभिभावक संघले पहल गर्नु पर्ने बताउँदै गुणस्तरी शिक्षा चिल्लो प्रमाणपत्र होइन स्तरीय जीवनयापन हो भन्नुभयो । उहाँले बाइसौं शताब्दीको शिक्षा कस्तो हुने छलफल आवश्यक भएको बताउँदै स्थानीय तहमा अभिभावकहरुको प्रतिनिधित्वको लागि ज्ञापनपत्र बुझाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षामा हामीले योगदान गर्न नसके नयाँ पुस्ताले दु:ख पाउने भएकोले शिक्षामा नैतिक शिक्षाको भुमिका अभिभावकहरुले निभाउनुपर्ने बताउनुभयो ।
अभिभावक संघ नेपालका अध्यक्ष केशब पुरीले नयाँ कार्य समिति सकृय हुन निर्देशन दिँदै विभिन्न उपसमिति गठन गर्ने बारे र छैठौं साधारण सभा सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरु साथै सम्पूर्ण सहभागीहरुमा धन्यवाद ज्ञापन गर्दै प्रत्येक्ष र अप्रत्येक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरियो भने नौ सदस्यीय सचिवालय गठन गर्ने र संशोधित विधान लिपि गर्न बरिष्ठ उपाध्यक्ष मणिरत्न बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेकोमा सदस्यहरुमा महासचिव रामचन्द्र सुवेदी र शोभा बुढाथोकी रहने निर्णय गरेको छ भने मासिक नियमित बैठक महिनाको अन्तिम शनिवार राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपालका सहायक महासचिव एवम् भक्तपुर जिल्ला अध्यक्ष रामकृष्ण प्रजापतिले स्वागत मन्तव्य राख्दै बैठक व्यवस्थित र प्रभावकारी बनाउन सके सहभागी हुन लालायित हुने साथै बैठकमा अनुपस्थित भए मैले बैठकबाट सिक्ने ठूलो अवसर चुक्ने महशुस भए बैठकमा सहभागी हुन उत्साहित हुने बताउनुभयो । उहाँले संस्थालाई आप्mनै खुट्टामा उभिएर अगाडि बढाउनुपर्ने बताउँदै अरुलाई काम गराएर आपूmले भाग खोज्ने काम गलत भएको बताउनुभयो । उहाँले अभिभावकहरुले समाज राम्रो बनाउन सबैले समय खर्चिनु पर्ने बताउँदै पैसाको पछाडि दगुरेर आफ्ना बालबालिकाहरु लागुपदार्थ लगायत कुलत, विकृति र विसंगतिमा परेर जनधनको नाश भएकोले आर्दश समाजको निम्ति काम गर्नुपर्ने बताउनुभयो । बैठक महासचिव रामचन्द्र सुवेदीले संचालन गर्नुभएको थियो ।