तेस्रो भक्तपुर कप २०८०को खेल तालिका आज सार्वजनिक
आयोजक युवा टिम र दीर्घायु एफसी बीच उद्घाटन खेल हुने
भक्तपुर, फाल्गुण १५ गते
तेस्रो भक्तपुर कप २०८०को खेल तालिका आज सार्वजनिक भएकोे छ । फाल्गुण १८ गतेबाट सुरु हुने सो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँर्गै आयोजक भक्तपुर युवा टिमले प्रतियोगिताको अन्तिम तयारी पूरा गरेको पनि बताए । खेल तालिका अनुसार आयोजक भक्तपुर युवा टिम विरुद्ध दीर्घायु एफसी केटिमले उद्घाटन खेल खेल्ने छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा तेस्रो भक्तपुर कप २०८०को उद्घाटन गर्ने तयारी साथ सार्वजनिक खेल तालिमका अनुसार प्रतियोगितामा पूर्वनिर्धारित १६ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा पाण्डु बजार एफसी विरुद्ध द हिलेन होम एफसी, सृजना नगर एफसी विरुद्ध झौखेल यूनिटि, बुंगा युवा क्लव विरुद्ध भक्तपुर नगरपालिका, भक्तपुर फुटबल क्लव विरुद्ध स्पोट एकेडेमी साँगा, बागेश्वरी मझुबा समाज विरुद्ध भक्तपुर मल्टिपल क्याम्पस, श्री इन्द्र बक्स गण विरुद्ध बौद्ध एफसी र वीआर ब्रडर विरुद्ध चाँगुनारायण नगरपालिका बीच खेल प्रतियोगिता आयोजना हुने भएको छ । फाल्गुण १८ गते देखि २६ गतेसम्मको प्रतियोगितामा २५ गते कुनै पनि खेल हुने छैन भने १८ गते देखि २४ गतेसम्म २। २ वटा खेलहरु हुने प्रतियोगिता संयोजक सुरेश कवांले जनाए । फाल्गुण २६ गते १ बजे प्रतियोगिताको फाइनल खेलसँगै नेमकिपा सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह गर्ने टिमका सचिव रामेश्वर मचामसीले जनाए ।
टिमका अध्यक्ष केशव त्वायनाबासुको सभापतित्वमा भएको खेल तालिका सार्वजनिक कार्यक्रममा टिमका सल्लाहकार उकेश कवां, भक्तपुर फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति सहितका अतिथिहरुका साथै विभिन्न टिम क्लवका प्रतिनिधीहरु र पत्रकारहरुको सहभागिता थियो ।














