निल बाराही मन्दिरमा सिसि क्यामेरा जडान

निल बाराही मन्दिरमा सिसि क्यामेरा जडान
भक्तपुर, श्रावण ११ गते
भक्तपुरको ऐतिहासिक निल बाराही मन्दिरलाई सिसि क्यामेराले सुरक्षा प्रदान गरिएको छ । पहिरोको उच्च जोखिममा परेको निल बाराही मन्दिर क्षेत्रको सुरक्षाकालागि हालै सिसि क्यामेरा जडान गरेको हो । हरेक हप्ता सोमबार, बुद्धबार र शनिबार विशेष श्रमदान हुँदै आएको बेला फोर जी इलेक्ट्रोनिक्स सेकुरीति ट्रेर्डस्ले सिसि क्यामेरा सहयोग गरेपछि सिसि क्यामेराबाट निगरानी राख्न सफल भएको हो । फोजी इलेक्ट्रोनिक्सका प्रोपराईटर उज्वल गाईजूका अनुसार श्रमदान र आर्थिक भौतिक सहयोगबाट मन्दिर परिसरको पहिरो रोकथाम भइरहेको बेला आफ्नो तर्फबाट पनि मन्दिरको सुरक्षाकोलागि २ वटा सिसि क्यामेरा सहयोग गरेको बताए । प्रोपराईटर गाईजुले रु. १८ हजार बराबरको सिसि क्यामेरा जडान गरी मन्दिरलाई सहयोग गरेका हुन ।