भक्तपुर ट्रक व्यवसायी संघ ८ औं अधिवेशन जारी

भक्तपुर ट्रक व्यवसायी संघ ८ औं अधिवेशन जारी
भक्तपुर, असोज२९ गते
भक्तपुर ट्रक व्यवसायी संघको २२,२३ र २४ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन २०८०को उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले राष्ट्रिय पूजीपतिहरु एकजुट हुन सके मात्रै बैदेशिक पूजीपतिहरुबाट बच्न सकिने धारणा राख्दै अध्यक्ष विजुक्छेले विदेशी पूजीको अगाडी नेपाली पूजी नाग्लो पसलमा परिणत हुने तर्फ व्यवसायीहरुको ध्यानाकर्षण गराउनु भयो । सानो माछाले ठूलो माछा खाने उखान जस्तै साना व्यवसायीहरुलाई ठूला विदेशी पूजीहरुले सकाइने चेतावनी दिएका हुन। उहाँले भन्नु भयो के तपाई व्यवसायीहरुले एमसीसीको विरोध गर्नु भयो ?


अमेरिकाका कतिपय शहरहरुमा गाडी किन्न ग्यारेज अनिर्वाय भएको चर्चा गर्दै उहाँले नेपालमा यातायाता सेवा सुधार्न स्थानीय तह देखि सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको पनि बताउनु भयो ।
सांदनमा ठेक्केदार संसदहरु बढ्न थालेकाले देशमा व्यतिठीहरु बढेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेंले ठूला ट्रिपरहरुका कारण आफै समस्यामा रहेको बताउनु भयो । ट्रक व्यवसायलाई व्यवस्थित गर्न चालक सहचालकहरुलाई तालिमको बन्दोवस्ती हुनुपर्नेमा अध्यक्ष विजुक्छेले व्यवसायीहरुको ध्यानाकर्षण गराउनु भयो । साहुको गालीले रिसको झोकमा चालकहरुले दुर्घटना गराएर धनजनको क्षति हुने गरेको तर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष विजुक्छले एउटै कम्पनीका गाडीहरुका कमजोरीहरुका कारण उस्तै खालका दुर्घटनाहरु बढी रहेको विश्लेषण गर्दै अध्यक्ष विजुक्छेंले १० औं वर्षको अनुभवी व्यवसायीहरु यस बारे जानकार रहेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको विनासकारी भूकम्पको बेला नगरपालिकालाई भक्तपुर ट्रक व्यवसायी संघले पहिलो चरणमै २० लाख भन्दा बढी आर्थिक सहयोग गरेको बताउँदै त्यस्तै सहयोगहरुबाट नगरवासीहरुलाई अहिलेसम्म नि:शुल्क अक्सिजन वितरणमा सहयोग पुगेको स्मरण गर्नु भयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले विशेष अतिथ्यिताको आशनबाट यातायता व्यवसायीका साझा समस्याहरु बारे बारम्बार सरकारी निकायको ध्यानाकर्षण गराउँदा गराउददै पनि सरकारमा रहेको मन्त्रीहरुले व्यवसायीको मागलाई बेवास्था गरेको प्रष्ट पार्दै उहाँले ब्यवसायीलाई बोल्न बाध्य पारेको बताउनु भयो ।
संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा भएको सो कार्यक्रममा यातायाता व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिझाल, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, भक्तपुर ईटा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाई ह्यौंवा, संघका निवर्तमान अध्यक्ष महेन्द्र खायमली सहितले ट्रक र यातायात व्यवसायीहरुका साझा समस्याहरु बारे आआफ्नो धारणा व्यक्त गरेका थिए भने अध्यक्ष गोराले संघको उदेश्यमाथि प्रकाश पार्दै संघका गतविधि र व्यवसाय प्रवर्धनका कानूनी तथा व्यवसायी समस्याहरु बारे सभामा संघको अवधारणाहरु प्रस्तुत गर्नु भएको थियो ।
६ सय भन्दा बढी ट्रक व्यवसायीहरु सदस्य रहेको भक्तपुर ट्रक व्यवसायी संघले नयाँ नेतृत्वका लागि आजै अधिवेशन गर्दै छन् ।