‘नागरिकता विधेयक पारित गर्नेहरु लेन्डुपका नयाँ अवतारहरु हुन्’
काठमाडौं । २०८० जेठ २१ गते, आइतबार
नेपाल मजदुर किसान पार्टीको आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साको विरोधमा आइतबार माइतीघरदेखि सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगी सभामा परिणत भयो ।


नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको नेतृत्वमा सुरु भएको विरोध जुलुस तथा सभा ‘नेपाली लेन्डुपहरू मुर्दावाद ¤ देशभक्त नेपाली एक होऔं ¤ देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर ¤’ नाराका साथ जुलुस अगाडि बढेको थियो ।
सभामा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रजापतिले नागरिकता जस्तो संवेदनशील विषयलाई जथाभावी वितरण गर्नु भनेको नेपाललाई फिजीकरणको बाटोमा अगाडि बढाउनु हो भन्दै नेपाली जनताले देशको रक्षार्थ निरन्तर देशघाती नागरिकता विधेयकविरुद्ध आन्दोलन जारी राख्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले नागरिकता विधेयक पारित गर्ने शासक दलहरुलाई लेन्डुप दोर्जेका नयाँ अवतार भएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयकमा अ·ीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरुषसित विवाह गरेका महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बु“दा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको बताउँदै राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध देशभक्त जनताहरू एक हुनुपर्ने बताउनुभयो ।
नेपालको सार्वभौमिकता र स्वतन्त्रता बचाइराख्न नागरिकता विधेयक खारेज गर्नुको विकल्प नरहेको बताउँदै उहाँले नागरिकताजस्तो अत्यन्त संवेदनशील विषयलाई सामान्यरूपमा लिएमा वा हेलचेक्र्याइ“ गरेको खण्डमा नेपालमै नेपालीहरू अल्पमतमा परेर शरणार्थी जीवन बिताउनुपर्ने अवस्था आउने सम्भावना छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिले नेपाललाई कहिले पनि स्वतन्त्र र सार्वभौम देशको रुपमा स्वीकार गर्न नचाहेको बताउँदै भारतको इसारामा चल्ने शासक दलका नेताहरू जे गरेर पनि भारतीय शासक वर्गलाई खुसी पार्न देशघाती कदम चाल्न अग्रसर भइरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले विदेशीलाई नेपाली नागरिकता दिइएमा नेपालको राष्ट्रिय पुँजी ध्वस्त हुने र भारतकै इसारामा शासक दलहरू चल्ने बताउनुभयो ।
त्यस्तै ललितपुर जिल्ला समितिका अध्यक्ष राजबीर डंगोलले विदेशी दलालकै कारण आज नेपाल संकटमा परिरहेको बताउँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित गर्न अस्वीकार भएको विधेयक प्रमाणिकरण गर्नु आफैमा वर्तमान प्रधानमन्त्री पौडेलको असंवैधानिक कदम भएको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले नेपाली सार्वभौमिकता र संविधान मिच्ने काम शासक दलहरूबाटै हुँदै आएको बताउँदै विदेशीलाई नागरिकता दिने काम नेपालीहरूको लागि अस्वीकार्य भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेक्रा महिला संघ केन्द्रीय समिति सदस्य ममिता महर्जनले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेमकिपाले निकालेको अपिल वाचन गर्नुभएको थियो ।












