काठमाण्डौं स्कुल अफ लले प्रथम राष्ट्रिय कानून शिक्षा सम्बन्धी संगोष्ठी आयोजना, न्यायालयमा राजनैतिक प्रभाव हुन नहुनेमा जोड

काठमाण्डौं स्कुल अफ लले प्रथम राष्ट्रिय कानून शिक्षा सम्बन्धी संगोष्ठी आयोजना, न्यायालयमा राजनैतिक प्रभाव हुन नहुनेमा जोड

भक्तपुर, जेष्ठ २५ गते
सामुदायिक भावनाबाट सञ्चालित काठमाण्डौं स्कुल अफ लले प्रथम राष्ट्रिय कानून शिक्षा सम्बन्धी संगोष्ठी आयोजना गरेको छ । विद्यालयको सभाहलमा आयोजित सो संगोष्ठीको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा तथा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा.डा. विजुकुमार थपलिया, पोखरा विश्व विद्यालयका उपकूलपति प्रा.डा. प्रेमनारायण अर्याल, मधेश विश्वविद्यालयका प्रा.डा. दिपकबहादुर शाक्य, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी एवं भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सहितका अतिथीहरुको आतिथ्यतामा सो कार्यक्रम आयोजना गरेको हो ।


संगोष्ठी आयोजना गर्नुपूर्व पत्रकार सम्मेलनको आयोजना गरी कलेजका संस्थापक एवं कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रोलाले संगोष्ठीको औचित्यतामाथि प्रकाश पार्दै १२ जना विद्यार्थीहरु भर्नागरी सुरु भएको काठमाण्डौ स्कूल अफ लले आज भोली १२ सय विद्यार्थी पढाई रहेको तथा भर्ना गर्न अचेल ठूलाबडाहरुबाट समेत भन्नसुन चल्न थालेको प्रति आपति जनाउँनु भयो । पत्रकारहरुको जिज्ञासा माथि प्रकाश पार्दै कार्यकारी निर्देशक संग्रौलाले न्यायालय र कानुन निर्माणमा राजनैतिक हस्तक्षप र प्रभाव हुन नहुनेमा जोड दिदै सो अनुसार न्यायालयको बन्दोवस्तीका ढाँचा आफूहरुले तयार गर्दै आएको बताउनु बताउनु भयो ।
काठमाण्डौ स्कूल अफ ल सामुदायिक कलेजको रुपमा नाफा रहति तरिकाले सञ्चालन गर्दै आएको दाबी गर्दै उहाँले कलेजले कहिल्यै नाफा नबाढेको जनाउँदै समय सापेक्ष शैक्षिक गतविधि र नीति निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । बिगत २३ वर्ष देखि कानून विषयका राष्ट्रिय अन्तर्राष्ट्रिय दक्ष जनशक्ति उत्पादनमा विशिष्ठ योगदान दिदै आएको चर्चा गर्दै उहाँले नेपालको भूगोल, विविधता, इतिहास र संविधानको सन्दर्भमा कानून शिक्षाको सान्दर्भिकता, पाठ्यक्रमको सामयिकता, शिक्षण विधिको उपयोगिता, सिकाई प्रक्रिया, कानुन शिक्षामा रहेका भाषागत समस्या लगायत समग्र कानुन शिक्षाका चुनौती केलाई आवश्यक सुधारको पक्षपोषण गर्न काठमाण्डौ स्कुल अफ ल र मधेश विश्वविद्यालय कानुन संकायको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय कानून शिक्षा सम्बन्धी संगोष्ठी आयोजना गरेको उहाँले प्रकाश पार्नु भयो । उक्त गोष्ठीमा कानुन शिक्षा प्रदान गरिरहेका नेपालका विभिन्न विश्वविद्यालय र कलेजका शिक्षक, कानुनका विज्ञ र विद्यार्थीहरुको सहभागिता रहेको कलेजले जनाएको छ ।