कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामाअन्तर्क्रिया तथा बृहत अंगदान कार्यक्रम

कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामा
अन्तर्क्रिया तथा बृहत अंगदान कार्यक्रम
अंगदान जिवन दान अर्थात अंगदान जस्तो मानविय काम अहिलेको सन्दर्भमा निकै सान्दर्भिक हुने अभिप्रायले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शाहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा रामधुनी नगरपालिका झुम्कामा अंगदान सम्बन्धी अन्तरक्रिया तथा बृहत अंगदान कार्यक्रमको आयोजना गरियो ।

रामधुनी नगरपालिकाका प्रमुख शंकर लाल चौधरी मस्तिष्क मृत्यू पश्चात अंगदान गर्नु हुँदै
कार्यक्रम संयोजक डिल्लीराम भण्डारीले अंगको अभावमा कतिपय जिवनहरु कारणिक अवस्थामा रहेको तथा ज्यान गइरहेको अवस्था जगजाहेरै रहेको कुरा बाताउनु भएको छ । मानिस को मृत्यु पछि डढेर तथा गलेर जाने हाम्रो शरिरको अंगलाई दान गरेर कसैलाई नयाँ जिवन दिन सकिन्छ । अंगहरु जस्ताको तस्तै दान गर्न योग्य हुन्छन्। हामीले कतिपय जिवित रहँदा अर्थात मृत्यु पूर्व गरिने अंगदान र मृत्यु पश्चात गरिने अंगदानको विषयलाई समेटेर कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामा अन्तक्रिया तथा बृहत अंगदान कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा अंगदान के हो रु मानव शरिरका कुन कुन अंगहरू दान गर्न सकिन्छ । अंगदानको कानुनी प्रक्रिया के कस्तो छ भनेर सरोकारवाला पक्ष बिच अन्तक्रिया समेत गरियो । सोही कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शंकर लाल चौधरी मस्तिष्क मृत्यू पश्चात अंगदान गर्नु भयो ।


साई हस्पिटल प्रा।ली।का कार्यकारी निर्देशक दुर्गा प्रसाद फूँयालले कोशी प्रदेशमा अगंदानलाई ब्यापक बनाउने र एक वर्ष भित्र १५०० जनालाइ अंगादन गराउन सक्दो पहल गर्ने कुरा बताउनु भयो ।

डा पुकार चन्द्र श्रेष्ठ सँग रामधुनी नगरपालिकाका विशिष्ट व्यक्तित्वहरु
अन्तर्क्रिया तथा बृहत अंगदान कार्यक्रम सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्रको प्राबिधिक सहयोग, साई हस्पिटल प्रा।ली। र ओखती सोलुसन प्रा।ली। को आयोजनामा भएको अंगदान कार्यक्रम भब्य रुपमा सफल भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले केन्द्रले देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको कुरा बाताउनु भयो ।