भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न।
२०७८ मंसिर १ गते, बुधबार
भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयमा बुधबार सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाका कार्यपालिका सदस्य, बीमा कम्पनीका प्रतिनिधि, अगुवा व्यक्तिलगायतका सरोकारवालाहरुबीच उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बीमा समिति नेपाल बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय भएको बताउनुहुँदै बीमाप्रति जनताको विश्वसनीयता हुनुपर्ने र जनतालाई यसको महत्वबारे थाहा दिनुपर्ने बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य बीमाको कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत जनता लाभान्वित भएको र यसलाई ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने लक्ष्य रहेको बताउनुहुँदै उहाँले स्वास्थ्यबीमा अन्तर्गतको रकम समयमै निकासा नगरिँदा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या उत्पन्न भएको बताउनुभयो ।
बीमा संस्थाहरू सेवामुखी हुनुपर्नेमा जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले बीमा कम्पनीहरूबाट हुने व्यवहारिक कारण र झन्झटले गर्दा जनताले अनाहकमा दुःख पाउने र बीमाप्रतिको विश्वास हट्दै जाने सम्भावनाहरू रहेको औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् बीमा समितिका उपनिर्देशक सन्तोष कार्कीले बीमा समितिको संक्षिप्त इतिहास, महत्व र नेपालको बीमा बजारको अवस्थाबारे प्रस्तुतीकरण दिनुभयो । बीमा संस्थानको कूल लगानी ४ खर्ब बराबरको रहेको तथ्यांक प्रस्तुत गर्नुहुँदै उहाँले नेपालमा तीन प्रकारका बीमा कम्पनी रहेको रहेको जसअन्तर्गत बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनी रहेको, २० वटा निर्जीवन बीमा कम्पनी रहेको र २ वटा पुनःर्बीमा कम्पनीहरू रहेको अवगत गराउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बीमा व्यवसाय जनविश्वासमा अडिएको हुन्छ भन्दै बीमा क्षेत्रबाट प्रशस्त रोजगारीको सिर्जना भइरहेको र ग्रामीण क्षेत्र र न्यून आय भएका जनतामा बीमाको पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सरोकारवालाहरूले बीमा समितिको काम–कारबाही, समस्या आदिबारे आ–आफ्नो राय व्यक्त गरेका थिए भने उक्त बीमा समितिका राम कोजुले पनि बोल्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...












