नबिकेका पत्रकार मात्रै स्वतन्त्रः अध्यक्ष वास्तोला

काठमाण्डौं, चैत्र ७ गते
नेपाल स्वतन्त्र पत्रकार संघ काठमाण्डौ जिल्ला समितिको छैठौं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन आज सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्टोलाले दिप प्रज्वलन गर्र्दै उद्घाटन भएको सो अधिवेशनबाट पुस्करराज पाण्डेको अध्यक्षतामा नयाँ कार्य समति चयन गरेको थियो । पाण्डे अध्यक्षमा पुनः निर्वाचित भएका हुन । उपाध्यक्षमा सावित्री बस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई बढाईज्ञापन गर्दै अध्यक्ष बास्टोलाले नबिकेका पत्रकारहरु नै स्वतन्त्र पत्रकार भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्र सबल बनाउन स्वतन्त्र पत्रकारिता अभियान मुलुकभर फैलाइरहेको उहाँले बताउनु भयो संघले पत्रकारिताको विकासका लागि विभिन्न पुरस्कारको ब्यवस्था समेत गरेको उल्लेख गर्दै लामो समय देखि पत्रकारितामा रहेका वरिष्ठ पत्रकारहरुलाई सम्मानित गर्दै आएको बताउनु भयो । कार्यक्रममा केन्द्रीय वरिष्ठ सल्लाहकार डा. इ्रन्दुल केसी महासचिव केबि सम्राट, सहसचिव रत्नकृष्ण प्रजापति, कोषाध्यक्ष बद्री दुलाल, ललितपुरका अध्यक्ष उपेश नौवाग, भक्तपुरका अध्यक्ष सुरेशप्रसाद सैंजू, केन्द्रीय पार्षद कृष्ण किसी सहितले नवनिर्वाचित पदाधिकारीहरुलाई बढाई दिदै स्वतन्त्र पत्रकारहरुको वृद्धिविकासका लागि कोष खडा गर्नुपर्ने, तालिम परामर्श दिएर एकाईसौं शताब्दीको सूचनाप्रविधिको युग सुहाँदो दक्ष पत्रकार बनाउन जोड दिएका थिए । सो अवसरमा अतिथीहरुले पत्रकारहरुले स्वतन्त्र रुपमा आआफ्नो क्षेत्रबाट योगदान दिन संघमा संगठित हुन आग्रह गरेका थिए ।