इन्द्रेयाणाी साकोसका जेष्ठ नागरिकहरु सम्मानित
भक्तपुर, असोज १९ गते ।
भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले इन्द्रेयाणी बचत तथा ऋण सहकारीका संस्थाका जेष्ठ सदस्य लाई सम्मानित गरेका छन् । आज हाकुफो हिटीमा आयोजित संस्थाको १६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष लाखाजुले उत्कृष्ठ विद्यार्थी तथा अन्तर बुद्धिचाल प्रतियोगिताका विजय खेलाडीहरु एवं स्लो साईकल रेस प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल बाल बचत सस्दय निपेस गोरालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । संस्थाका अध्यक्ष गोपाल श्यामाको सभापतित्वमा भएको सो कार्यक्रममा भनपा २का वडा अध्यक्ष हरिप्रसाद बासुकला, सस्थाका निर्वतमान अध्यक्ष सत्यनारायण पक्का, छिमेकी संस्था डायमण्ड बचतका अध्यक्ष लक्ष्मीप्रसाद फाजु जनस्मृती बचतका कृष्णप्रसाद ह्यौगुसहितका अतिथिहरुले सहकारी अभियान बारे आआफ्नो धारा राखेका थिए । सो अवसरमा अतिथिहरुले असल बचतकर्ता र ऋणीलाई पनि सम्मानित गरेको थियो । भने साधारण सभपश्चात चिठ्ठाबाट विजयी सदस्यहरुलाई पुरस्कृत गरेको थियो ।

यसवर्ष इन्द्रेयाणी साकोसका सदस्य नं १२५०का असल बचतकर्तामा श्यामसुन्दर पक्का र सदस्य नं. ८३की लक्ष्मीस्वरी दुवाल (क) परेको थियो । असल ऋणी अन्तर्गत रिभल्बिन रिनमा सदस्य नं २२६मा तुल्सीलक्ष्मी धुख्वा बैद परेको थियो भने असल ऋणीमा सदस्य नं २६१का दिपक केसी, हायर पर्चेच रिनमा सदस्य नं १४५७का ऋषिकेश खत्री, त्यसै गरी शैषिक रिनमा ९४२का सिता माया बैद्य, सामुहिक धन जमानी रिनमा सदस्य नं २७का कृष्णसुन्दर पक्कालाई सम्मान स्वरुप मायाको चिन्ह प्रदान गरेको थियो ।
संस्थाका सचिव कृष्णसुन्दर पक्काले वार्षिक प्रतिगेदन प्रस्तुत गरिएको सो कार्यक्रममा कोषाध्यक्ष सत्यनारायण सुवालले वार्षिक प्रतिवेदन तथा अनुमानित बजेट प्रस्तुत भएको थियो साथै लेखा सुपरिवेक्षण समितिका संयोकज रमेश खर्वुजाबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।













