विजूक्छें निवासमा रामचन्द्र पौडेल
भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजूक्छें निवास पुग्नु भएको छ । नेता पौडेल र विजूक्छेंको वर्तमान राजनीतिक अवस्थाको विषयमा राजनीतिक भेटघाट भएको विजूक्छें निवासले जनाएको छ । बिहीबार दिउसो उहाँहरूबिच भेटवार्ता भएको हो । नेता दोयको करिब २ घण्टा वार्ता भएको थियो । वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुवै नेता बिच छलफल भएको स्रोतले जनाएको छ । भेटघाटमा तरुण दलका पूर्व अध्यक्ष विनोद प्रकाश कायस्थ पनि सरिक रहनुभएको थियो ।














