इनाचो भक्तपुरमा आगलागीबाट सामान्य क्षति

इनाचो भक्तपुरमा आगलागीबाट सामान्य क्षति
भक्तपुर, बैशाख २४ गते
इनाचो भक्तपुरमा आगलागीबाट सामान्य क्षति भएको छ । भक्तपुर नगरपालिका वडा नं. ७ स्थित इनाचोको एउटा भाडा पसल पछाडि रहेको परालमा अचानक आगो लागेपछि भक्तपुर बारुद्ध यन्त्रको दम्कलले क्षणभरमै नियन्त्रणमा लिएको छ । एकछिन धिला भएको भए धेरै क्षति पुथ्यो एक जना प्रत्यक्षदर्शीले बताए । स्थानीयका अनुसार केही केटाहरु चुरोत सल्काउदै गरेको देखेको र केही समयपछि त्यतैतिर आगोको मूस्लो निस्केकाले ति केटाहरुले चुरोतको ठूटो परालमा फालिदिएके हुन सक्ने अनुमाण गरेको छ । परालको ठूम्कोसँगै भाडाकुडा पसल रहेकाले दम्कल आउन एकछिन धिला भएको भए धेरै क्षेति हुन सक्ने अनुमाण गरेको छ ।