पाठक पत्र ः– धरौटी रकम (Refondable Deposit)
महेन्द्र विद्या आश्रम स्कूल प्रत्येक बर्ष शैक्षिक सत्र सुरुवाट र भर्ना अभियानको समयमा सधैं विवादित गुनासोहरु सुन्ने गरेको छ । यस बर्ष पनि उक्त स्कूलले पहिले कहिल्यै धरौटी रकम ९च्भायलमबदभि म्भउयकष्त० लिएको थिएन । अहिले देश आर्थिक मन्दिले ग्रसित भएकोले बेला, सारा व्यापारधन्दा व्यबसाय चौपट भएको बेला, दैनिक ज्याला मजदुर गर्ने काम समेत नपाएको बेला साथै सारा जनताको ढाड सेक्ने गरी बजार भाउ दिन दुई गुणा रात चौगुणा मंहगी बढेको, रोजिरोटी जुटाउने गा¥हो भएको अवस्थामा पत्येक कक्षाका विद्यार्थीहरुलाई रु.१२०००।–(बा¥ह हजार) धरौटी लिनु कतिको जायज छ ! कम्तिमा परिस्थिति हेरी अभिभावकको पिर मार्का बुझि स्कूलले कदम चालेको भए अभिभावकहरुको गुनासो आउँदैन थियो । अभिभावकहरुले म(रामकृष्ण प्रजापति) अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्षलाई गुनासो गरेपछि सिधै उक्त स्कूलका महेन्द्र सरलाई फोन मार्फत अभिभावकहरुले पहिला भन्दा थप रु.१२०००।–(बा¥ह हजार लिएको गुनासो आएकोले तपाईंसंग बुझ्न फोन गरेको भन्दा उहाँले मलाई पनि थाहा छैन भन्नुभयो । पछि अभिभावकले शुल्क विवरण पठाएपछि थाहा भयो कि धरौटी बापट थप रकम मागेको उक्त रकम नदिए भर्ना नगर्ने अप्रत्यक्ष धम्किको भाषामा अभिभावकलाई भनेपछि कुरा बाहिर आएको रहेछ ।
नेपालको संविधानमा मौलिक हक अन्तर्गत आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनि उल्लेख छ । संस्थागत विद्यालयको हकमा शिक्षा नियमावली २०५९ नयाँ संशोधन २०७७ को परिच्छेद २५ मा शुल्क सम्बन्धी व्यवस्थामा धारा १४५ विद्यालय वर्गिकरण तथा शुल्क अनुगमन समितिले संस्थागत विद्यालयमा अभिभावक संघका अध्यक्ष वा प्रतिनिधिको व्यवस्था गरेको छ । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले शुल्क निर्धारणका आधारहरु तयार गरेको छ । विद्यालयले शिक्षा नियमावली २०५९ नयाँ संशोधन २०७७ को परिच्छेद २५ मा शुल्क सम्बन्धी व्यवस्थामा धारा १४६ मा विद्यालयले लिन पाउने शुल्क तथा धरौटी लिन पाउने व्यवस्था गरेको छ जसमा एक महिनाको पढाइ शुल्क बराबर धरौटी रकम लिन पाउने व्यवस्था छ । यस्तो कानुनी व्यवस्था हुँदाहुँदै जथाभावी पहिला नलिएको शुल्कहरु लिने र लिए पनि कानुन सम्मत ढंगले लिनु पर्नेमा कानुन उल्लंघन गरी कार्य गरे बापत उक्त स्कुल अनुगमन गरी भक्तपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाबाट कार्यवाही हुनु पर्छ कि पर्देन ? स्कूलले जे गरेपनि मुकदर्शक भएर मात्रै बस्ने हो कि कार्यवाही कार्यान्वयन तर्फ ध्यान दिने हो ।
अध्यक्ष रामकृष्ण प्रजापति अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













