जनादेश नपाएसम्म सरकारमा नजाने, राष्ट्रपति पनि नबन्ने नेमकिपा अध्यक्ष विजुक्छेको अठोट

भक्तपुर, माघ १० गते
जनताले आदेश नदिएसम्म नेमकिपा सरकारमा नजाने र राष्ट्रपति अफर आए पनि नबन्ने अठोट ब्यक्त गदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले अहिलेको सरकार भागबन्दा नभएको बताउनु भयो । नेपाल मजदुर किसान पार्टीको ४९ औं पार्टी स्थापना दिवसको सन्दर्भमा प्रज्ञाभवनमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमकोक्रममा अध्यक्ष विजुक्छेले पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा प्रष्ट्याएका हुन । अध्यक्ष विजुक्छेले भन्नु भयो “जहिलेसम्म राजनैतिक विचार भिन्न भिन्न हुन्छ, तहिलेसम्म तिनीहरुको गतिविधि फरक फरक हुन्छ, यसलाई भागबन्दा भनिन्दैन ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै विजुक्छे निवासमा भएको भेट र अहिले राष्ट्रपति निर्वाचनका लागि चलिरहेको हानथाप तथा विजुक्छे नै अवको राष्ट्रपतिको चर्चा प्रति अध्यक्ष विजुक्छेले भन्नु भयो “हाम्रो पार्टीको राष्ट्रपति दिनुपर्ने हो भने त्यो राष्ट्रपतिले जनताको हितमा हाम्रो आँखाले हेर्ने हो, त्यसो भएकोले अहिले गठबन्दन छैन ।” उहाँले भन्नु भयो “नेपाली कांग्रेसले अहिले सरकारलाई समर्थन गरेकाले तिनीहरु एउटै पार्टी भएको, कांग्रेसलाई प्रतिपक्ष भन्न मिल्दैन ।” सरकारमा गएका जति सबै एक ठाउँमा छन्, बाहिरको बाहिरै छन् अध्यक्ष विजुक्छेले भन्नु भयो । तिनीहरु एउटै पार्टी भएर पनि भित्रि कुरा बाहिर आएर राष्ट्रपतिको चर्चा भएको हो । अध्यक्ष विजुक्छेको ठम्याई छ ।
नेमकिपा सरकारमा जादैन, किन की निर्वाचनबाट जनताले नेमकिपालाई प्रतिपक्षको भूमिका दिएको छ अध्यक्ष विजुक्छेले प्रष्ट पार्दै भन्नु भयो जनताले प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएको छ । राष्ट्रपति पनि सरकारको कार्यकारनी संबैधानिक अंग हो । नेमकिपा प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई जवाफदेही बनाउँछ ।
गत २।४ वर्ष सदन राम्रोसँग चल्न नसकेको उल्लेख गर्दै प्रश्न उत्तर, जिरोआवर, विशेष समय, ध्यानाकर्षण, सरकार र राज्यलाई बाध्य बनाउने समय समेत नील भएको भन्दै अध्यक्ष विजुक्छेले पहिला संसदमा उठाएका विषयमा सरोकारवाला निकाय जवाफदेही बन्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयोे । पछिल्लो चरणमा संसदमा संख्या नपुगेर हाम्रा सांसदले भन्नेर घण्टी बजाएर संसद भेला गर्न पार्टीहरुले ह्विप लगाउनु परेको छ उहाँले भन्नु भयो यस्मा एमाले, माओवादी, जनमोर्चासम्मले ध्यान दिएको छैन । जवसम्म नेमकिपा त्यहाँ रहन्छ, तबसम्म बोलि रहन्छ, संघर्ष जारी राख्ने छ, अध्यक्ष विजुक्छेले भन्नु भयो ।
देशको बाघदोर सम्हाल्ने राष्ट्रपति कस्तो हुनुपर्छ ? भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष विजुक्छेले राष्ट्रपति हुनेले पहिलो कुरा, राष्ट्रपति र अन्य देशका राष्ट्रपतिको कामकार्वाही राम्रो नराम्रो सबै थाहा पाएको मान्छे हुनुपर्छ । दोस्रो कुरा, सरकारले राम्रो नराम्रो के काम गरिरहेको छ ध्यानमा राख्नुपर्ने हुन्छ । अनि प्रधानमन्त्रीले बरोबर भेट्ने रिपोर्ट दिने चलन छ । त्यसबेला पनि प्रधानमन्त्रीज्यूलाई राम्रोसँग भन्नुपर्दछ । त्यो जानकारी लिनु दिनुपर्ने हुन्छ । जसरी राष्ट्रपतिले अहिले नागरिकता विद्येयकमा स्ट्याण्ड लिनु भयो, त्यस्तो गर्नुपर्छ । हाम्रो देशमा गलत हुँदै गइरहेको कुराहरु त्यसले सचिने छौं र देश र जनताको हितमा भन्दा अरु देश वा कम्पनीको हितमा वा गुटको हितमा राष्ट्रपतिले हेर्नु हुन्न भन्ने हामी चाहन्छौं त्यहि कुरा राष्ट्रपति हुनेलाई सन्देश जाओस अध्यक्ष विजुक्छेले पत्रकारहरुसँग भन्नु भयो ।