वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
२०७९ जेठ २३ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिद्धि गणेश तालिम हल, खँचा, भक्तपुरमा दुई दिने बार्षिक योजना तथा बजेट तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सरकारी र सहकारीका बजेटमा फरक रहेको बताउदै बजेटका सबै प्रक्रियाहरु पुरा गरेर बनाएको बजेट सफल हुने कुरा बताउनुभयो । वहाँले हाल नेपाल सरकारले जारी बजेटमा सहकारीमा आयकर बृद्धि गरेकोमा अभियानले विरोध जनाएको छ । समुदायमा आधारित सहकारी संस्थालाई पुर्ण रुपमा कर छुट हुनुपर्ने कुरा बताउदैं वहाँले सहकारी संघ संस्था बीच हुने अन्तर कारोबारमा अग्रिम व्याजकर खारेज गर्नुपर्ने माग बजेटले सम्बोधन गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो ।


संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्थाको बार्षिक योजना तथा बजेट निर्माण कार्यलाई सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना भएको बताउनुभयो । वहाँले संस्थाको परिकल्पना, ध्यय र उद्देश्यहरु हासिल गर्न व्यवसायिक तथा रणनीति योजनाहरुको महत्व बताउदैं ती योजनाको आधारमा बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने बताउनुुभयो ।
प्रशिक्षक अनिल वीर बज्राचार्यको सहजिकरणमा सम्पन्न भएको तालिमको समापन समारोहमा संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजाराम गोसाईले स्वागत मन्तव्यमा सिकेका कुरा संस्थामा प्रयोग गर्न र संस्थाका पदाधिकारीहरुलाई सिकाई हस्तान्तरण गर्नुपर्ने विचार राख्नुभयो । उपसमितिका सदस्य राजकुमार लघुले कार्यक्रम संचालन गर्नुभएको थियो । तालिममा आबद्ध सदस्य संस्थाका ४१ जना पदाधिकारी एवम् कर्मचारीहरुको सहभागिता रह्यो ।