“अविरल वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा क्षती र उद्धार ”
भक्तपुर, भाद्र २१ गते
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । सोमबार परेकोे अबिरल बर्षाले क्षति भएको सामान र मानिसहरुको प्रहरीद्वारा उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सोमबार विहान ०६ः०० बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी दिब्येश्वरी प्लानिङ स्थित शिव बहादुर थापाको जग्गा भाडामा लिई फर्म संचालन गरेको जस्ताको टहरामा वर्षातको कारण डुबानमा परेको उक्त स्थानबाट बंगुर, हाँस र विभिन्न सामान समेत उद्वार गरी सुरक्षित स्थानमा राखिएको बताएको छ । यसै गरी विहान ०९ः१० बजेको वडा नं. १ को मनहरा सुकुम्बासीमा बस्दै आएको ९०० वटा जस्ताको टहरा मध्ये ५०० टहराहरुमा पानी पसी डुबानमा परेको टहरामा भएको अन्य सामाग्रीहरु सुरक्षित स्थानमा राखिएको , वडा नं. ९ बोडे निलबाराही नयाँ बस्तीमा मनहरा खोलाको पानी पसी सामान क्षती भएको र ११ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ नयाँ गाँउ बस्ने बिक्रम तामाङको जस्ताले बनाएको घर पहिरोको कारण घर जोखिममा परेको प्रहरीले जनाएको छ ।
सोमबार विहान ९ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताँथली चौतारा पुजारी टोल स्थितमा राजु परियारको प्रती जग्गामा बनाइएको कच्ची एक तले जस्ताले छाईएको घरमा घर पछाडीबाट वर्षाको कारण पहिरो आई घरको पछाडीको गाह्रो चर्किए पनि अन्य क्षती भने नभएको , वडा नं. ४ चाँगु ईन्द्रेणीपुल स्थित जिल्ला खोटाङ घर भई हाल बसन्त राईले संचालन गरेको जस्ताको टहरोमा रहेको ५ वटा काठ र बंगुर फर्म मनहरा खोलाले बगाएको, मानविय तथा चौपाया क्षती नभएको तथा निमा मोक्तान लामाको जस्ताले बनेको १ तल्ले टहरोमा खोलाको पानी पसी पुर्ण रुमा क्षती भएको, वडा नं. ८ चरेलीमा बिजुलीको २ वटा पोल ढली भित्तामा गएको तार लत्रेको, अन्य क्षति नभएको यसै गरी जितपुरमा २ ठाँउमा बिजुलीको पोल धरापमा रहेको तथा १०ः०० बजेको समयमा चाँगुनारायण नगरपालिका खरिपाटी पदेली टोल स्थितमा बस्ने दिल बहादुर नायजुको जस्ताले बनाएको टहरामा माथिबाट पहिरो आई घरमा क्षती भएको, घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।
यसै गरी सुर्यबिनायक नगरपालिका वडा नं. १० चितापोल नाला जाने बाटोमा पहिरो गईरहेको कारण बाटो अवरोध भएको छ ।
Featured Posts – Style 1
२८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
2026-07-18 Comments Off on २८औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
२८ औं स्थापना दिवसकोको उपलक्ष्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भक्तपुर।२०८३ श्रावण २ गते शनिवार। श्री बाराही बचत तथा ऋण...
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...














