“अविरल वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा क्षती र उद्धार ”
भक्तपुर, भाद्र २१ गते
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । सोमबार परेकोे अबिरल बर्षाले क्षति भएको सामान र मानिसहरुको प्रहरीद्वारा उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सोमबार विहान ०६ः०० बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी दिब्येश्वरी प्लानिङ स्थित शिव बहादुर थापाको जग्गा भाडामा लिई फर्म संचालन गरेको जस्ताको टहरामा वर्षातको कारण डुबानमा परेको उक्त स्थानबाट बंगुर, हाँस र विभिन्न सामान समेत उद्वार गरी सुरक्षित स्थानमा राखिएको बताएको छ । यसै गरी विहान ०९ः१० बजेको वडा नं. १ को मनहरा सुकुम्बासीमा बस्दै आएको ९०० वटा जस्ताको टहरा मध्ये ५०० टहराहरुमा पानी पसी डुबानमा परेको टहरामा भएको अन्य सामाग्रीहरु सुरक्षित स्थानमा राखिएको , वडा नं. ९ बोडे निलबाराही नयाँ बस्तीमा मनहरा खोलाको पानी पसी सामान क्षती भएको र ११ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ नयाँ गाँउ बस्ने बिक्रम तामाङको जस्ताले बनाएको घर पहिरोको कारण घर जोखिममा परेको प्रहरीले जनाएको छ ।
सोमबार विहान ९ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताँथली चौतारा पुजारी टोल स्थितमा राजु परियारको प्रती जग्गामा बनाइएको कच्ची एक तले जस्ताले छाईएको घरमा घर पछाडीबाट वर्षाको कारण पहिरो आई घरको पछाडीको गाह्रो चर्किए पनि अन्य क्षती भने नभएको , वडा नं. ४ चाँगु ईन्द्रेणीपुल स्थित जिल्ला खोटाङ घर भई हाल बसन्त राईले संचालन गरेको जस्ताको टहरोमा रहेको ५ वटा काठ र बंगुर फर्म मनहरा खोलाले बगाएको, मानविय तथा चौपाया क्षती नभएको तथा निमा मोक्तान लामाको जस्ताले बनेको १ तल्ले टहरोमा खोलाको पानी पसी पुर्ण रुमा क्षती भएको, वडा नं. ८ चरेलीमा बिजुलीको २ वटा पोल ढली भित्तामा गएको तार लत्रेको, अन्य क्षति नभएको यसै गरी जितपुरमा २ ठाँउमा बिजुलीको पोल धरापमा रहेको तथा १०ः०० बजेको समयमा चाँगुनारायण नगरपालिका खरिपाटी पदेली टोल स्थितमा बस्ने दिल बहादुर नायजुको जस्ताले बनाएको टहरामा माथिबाट पहिरो आई घरमा क्षती भएको, घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।
यसै गरी सुर्यबिनायक नगरपालिका वडा नं. १० चितापोल नाला जाने बाटोमा पहिरो गईरहेको कारण बाटो अवरोध भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













