खाद्य पसल अनुगमन
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा साद्य पसल अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मुल्य अठ्ठाईस हजार रुपैंया बराबरको समान नष्ट गरेको संयोजक गोराले बताउनु भयो ।

अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजि· सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्रि वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, म्याद नाघेको समानहरु मारी विस्कुट २८ पाकेट, रोयल फ्रुट केक १ वटा, जिरा कुकिज विस्कुट ४ पाकेट, भुजिया ४ पाकेट,े फुरनदाना ८ पाकेट, मुस्ली ३ बट्टा, डाईजेस्टिभ विस्कुट १ पाकेट, पशुपति पापड १ पाकेट, फेयर एण्ड हाण्डसम ४ वटा, डर्मि कुल २ वटा, जिलेट सेभि· क्रिम १ वटा, सेन्ट १२ वटा, भिक्स २ पाकेट, बेबी हेयर आयल ४ वटा, इन्डिका हेयर कलर १ वटा, हिमालयन क्रिम ६ वटा, साबुदान २३ पाकेट, दालचिनी १२ पाकेट, सिधेनुन ७ पाकेट, उपहार कुकिज १ पाकेट, सेकुवा मसला ३ पाकेट, बिबिसी ध्यू हाप लिटरको ७ वटा, २०० मिलिको ९ वटा, डिडिसि ध्यू १ पाकेट, पिलाफ चामल ५ केजिको १ पाकेट,अनमोल धनिया २९ पाकेट र मिक्स मसला २० बट्टँ जफत गरी नष्ट गरियो भने एक हप्ता भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । त्यस्तै लामा खाद्य स्टोर नविकरण गर्न, प्याकेजि· सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्रिवितरण गर्न, म्याद नाघेको डार्क फान्टासी चकलेट १६ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै दयाराम प्रजापतिको किराना पसल अनुगमन गरियो ।
अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थियो ।














