भक्तपुर जिल्लामा ९३ जना चुनाबी मैदानमा
भक्तपुर, असोज २६ गते
भक्तपुर । मंसिर ४ गतेको निर्वाचनमा भाग लिने भक्तपुरका उम्मेदबारहरु ९३ जना हुने भएको छ । प्रतिनिधी सभाका लागि भक्तपुर जिल्लाको क्षेत्र नम्वर १ र २ मा र प्रदेश सभाका लागि क्षेत्र नम्वर १को १ र २ तथा क्षेत्र नम्वर २ को १ र २ गरी छ वटा सिटको लागि ९३ जना उम्मेदबारहरु प्रत्यक्ष चिर्वाचनमा होमिने पक्का भएको हो । आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समयाबधिभित्र एक जना राजनैतिक दल र दुई जना स्वतन्त्र उम्मेबारहरुले आआफ्नो नाम फिर्ता लिएपछि अन्तिम उम्मेदबार हुनेकोे संख्या ९३ जना रहेको निश्चित भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत गोपाल बास्टोलाका अनुसार भक्तपुर क्षेत्र नम्वर १ को प्रतिनिधी सभाको निर्वाचनका लागि १० दलका १० जना र ४ जना स्वतन्त्र गरी १४ जना उम्मेदबारहरु निश्चित भएका छन् भने क्षेत्र नम्बर १को १मा परेको १९ जनाको उम्मेदबारीमा राप्रपा नेपालका श्यामप्रसाद नेपालले नाम फिर्ता लिएपछि बाँकी १८ जना उम्मेदबार निश्चित भएका हुन् । ति १८ जना मध्ये ९ जना दलगत र अन्य ९ जना स्वतन्त्र रहेको बास्टोलाले जनाएको छ । क्षेत्र नम्बर १को २ मा भन्ने ९ जना मात्रै उम्मेदबारी परेकाहरुमा २ जना स्वतन्त्र र ७ जना दलगत उम्मेदबारी रहेको मुख्य निर्वाचन अधिकारी बास्टोलाले जनाए ।
यता क्षेत्र नम्वर २मा प्रतिनिधी सभा तर्फ २६ जनाको उम्मेदबारको नाम निश्चित भएको छ । यस क्षेत्रको १ र २ मा १३ ।१३ जना उम्मेदबारको अन्तिम नामाबली प्रकाशित गरेको छ । यस अघि क्षेत्र नम्वर २को १मा उम्मेदबारी दिएका दिलप्रसाद र क्षेत्र नम्बर २को २का बद्रीकृष्णले नाम फिर्ता गरको कार्यालय प्रमुख न्यौपानेले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













