भक्तपुरका ९९४ संक्रमित, १४ को मृत्यु, ४ सय कोरोना मुक्त, ५८० सक्रिय संक्रमित

भक्तपुरका ९९४ संक्रमित, १४ को मृत्यु, ४ सय कोरोना मुक्त, ५८० सक्रिय संक्रमित
भक्तपुर, भाद्र २८ गते
भक्तपुर जिल्लाका ४ वटै नगरपालिका भित्र ९९४ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ४ सय जना भने कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ५८० जना रहेका छन् । संक्रमति मध्ये १४ जनाको मृत्यु भइसकेको छ । बाँकी संक्रमितहरु मध्ये २६१ जना काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालहरुको आइसोलेसनमा रहेका छन् भने ३१९ जना होम आइसोलेसनमै रहेका छन् । कुल संक्रमतिहरुमा ४१५ महिला र ५७९ पुरुष रहेका थिए भने त्यस मध्ये ६४ महिला र २० पुरुष गरी ८४ जना स्वास्थ्यकर्मीहरु समेत कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कोरोना निको भएकाहरुमा १६४ महिला र २३६ जना पुरुष गरी ४ सय जना रहेका थिए भने मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेका थिए ।

स्वास्थ्य कार्यालय भत्तपुरले आईतबार भक्तपुरका ८२ जना कोरोना संक्रमति भएको जनाएको छ । कार्यालय प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुर नगरपालिकाका ८ महिला र ९ पुरुष सहति १७ जना, मध्यपुर थिमी नगरपालिकाका ७ पुरुष र ३९ महिला सहित ४६ जना, सूर्यविनायक नगरपालिकाका ५ महिला र १० पुरुष सहित १५ र चाँगुनारायण नगरपालिकाका १ महिला र २ पुरुष सहित ३ जना एवं १ जना सम्पर्क हुन नसकेका ब्यक्ति पनि कोरोना पोजेटिभ भएको जनाएको हो ।