रुख ढल्दा, विद्युत अवरुद्ध

रुख ढल्दा, विद्युत अवरुद्ध
भक्तपुर, असार ५ गते
हिजो राती १२ बजे तिर एउटा रुख ढल्दा भक्तपुर नगरका अधिकास विद्युत प्रशारण लाई प्रभावित भएको छ । भनपा ६स्थित महाकालि मन्दिर परिसरमा रहेको रुख ढल्दा विद्युत प्राधिकरणका महत्वपूर्ण तारहरु चुडेपछि विद्युत प्रशरण अवरुद्ध भएको विद्युत पधाधिकरण भक्तपुरका कार्यालय प्रमुख रामदुलाल यादवले जनाएको छ । राती १२ बजे गएको बत्ति आज दिउँसो २ः३० बजे मात्र बल्लेको थियो ।