रेडियो कार्यक्रम ख्वप सःले मनायो ५ औ स्थापना दिवस
भक्तपुर, श्रावण ९ गते
विश्व नै सानो गाउँ जस्तो भइसकेकाले अव भक्तपुरको मात्र नभई संसारभर नयाँ पुस्तालाई सचेत पार्ने सन्देश दिनुपर्नेमा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सः कार्यक्रम भिडियो मार्फत पनि सञ्चालन हुने भएपछि आफू निकै खुसी भएको बताउनु भएको छ । ख्वप सः रेडियो कार्यक्रम सञ्चालनमा आएको ५ वषमा प्रवेश गरेको उपलक्ष्यमा अध्यक्ष विजुक्छेले सो कार्यक्रमका प्रस्तोता र प्रशिक्षकहरुलाई प्रशंसा पत्र र मायाको चिन्ह वितरण गर्नु भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद तथा भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रेम सुवालले सञ्चार क्षेत्रलाई आस्था र विचारको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै व्यापारका लागि विकास गर्यो भने राष्ट्रता कमजोर हुने भन्दै सांसद सुवालले एमसीसी जस्तो राष्ट्रियताको सवालमा विग हाउसहरु मौन बस्न नहुने तथा डलरको भरमा बिक्न नहुने विचार व्यक्त गर्नु भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको सो समारोहमा उपप्रमुख रजनी जोशी, वरिष्ठ संस्कृतिविद् प्रा.डा.पुरुषोतमलोचन श्रेष्ठ, वडाध्यक्ष रविन्द्र ज्याख्व, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरी, कार्यक्रम सञ्चालक सुरेश कवां र रविन्द्र कुसीले पनि बोल्नु भएको सो कार्यक्रममा बागमति प्रदेशका सञ्चार रजिष्टार रेवटी सापकोटाले देशभरका स्थानीय पालिकाहरु मध्ये भक्तपुर नगरपालिका शिक्षा, स्वस्थ्य सरसफाईमा जस्तै सञ्चार क्षेत्रमा पनि उदाहरणीइ भएको उल्लेख गर्दै सञ्चार क्षेत्रमा क्रियाशिल जनशक्तिलाई थप तालिम दिएर दक्ष बनाउनुपर्नेमा जोड दिनु भयो । सो अवसरमा भक्तपुर नगरपालिका क्षेत्रका कला संस्कृति, सम्पदा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अन्य नगरपालिकाकालागि समेत मागनिर्देश हुने गरी काम गर्न सकिने गरी ख्वप टेलिभिजन सञ्चालनको स्वीकृति प्राप्त गरेको बताएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














