भक्तपुर क्यान्सर अस्पताललाई ५ हजार पाउण्ड सहयोग

भक्तपुर क्यान्सर अस्पताललाई ५ हजार पाउण्ड सहयोग
भक्तपुर, श्रावण १० गते
Health Exchange Nepal (UK) को तर्फबाट इन्जिनियर संञ्जिव मान राजभण्डारीले पाउण्ड ५००० को चेक अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेलज्यूलाई आज मिति २०७९÷०४÷१० गतेको कार्यक्रममा हस्तान्तरण गरियो । सो अवसरमा इन्जिनियर राजभण्डारीले Health Exchange Nepal (UK) बाट नेपालको अधिकांश क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गराएको जानकारी गराउँदै भक्तपुर क्यान्सर अस्पताललाई पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पतालका प्रशासन प्रमुख श्री राजाराम तजलेले स्व.विवेक बहादुर प्रधानको संयोजकत्वमा Rotary Club of Mansfield UK रोटरियनहरु तथा अन्य सामाजिक संघ संस्थाको सक्रियतामा २०५५ सालमा रेडियोथेरापि कोवाल्ट मेशिन उपहार स्वरुप प्रदान भई सञ्चालनमा आएको र Health Exchange Nepal (UK) मार्फत विभिन्न समयमा अस्पतालमा आवश्यक उपकरणहरु सहयोग स्वरुप उपलब्ध भएको जानकारी दिनुभयो । बेलायतमा रहनु हुने नेपाली मूलका शुभचिन्तकहरुबाट केही रकम संकलन गरी अस्पतालमा आउने गरीव बच्चा र महिलाहरुको लागि रेडियोथेरापि सेवा शुल्कमा केही रकम निःशुल्क गरिंदै आइरहेकोमा अव पनि निरन्तरताको लागि तजलेबाट अनुरोध गर्नुभयो ।


अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेलले पाउण्ड ५००० सहयोग स्वरुप उपलब्ध भएकोमा अस्पतालको तर्पmबाट धन्यवाद दिनुभयो । उक्त रकमबाट अस्पतालको डे–कयर र एनेक्स वार्डका बिरामी कुरुवा बस्ने Waiting hall निर्माण कार्यमा प्रयोग गर्ने र उक्त हलको नाम स्व.विवेक बहादुर प्रधान राख्नको लागि पहल गर्ने जानकारी दिनु भयो ।
डा. विवेक प्रधानले कलकत्ताबाट मेडिसिन गरेपछि बेलायतबाट सन. १९६९ मा MRCOG विषेषज्ञ डिग्री हासिल गर्नुभयो । उहाँ स्त्री रोगको पहिलो नेपाली पुरुष विशेषज्ञका रुपमा काम गर्न नेपाल फर्कनु भयो । तर त्यसबेलाको रुढिवादी नेपाली समाजले पुरुष स्त्रीविशेषज्ञलाई स्वीकार्न सकेन । फलस्वरुप उहाँ पुनः वेलायत फर्कन वाध्य हुनुभयो । वेलायतको नटिङधमशायरको म्यान्सफिल्डमा सन् १९९३ सम्म काम गर्नु भएका प्रधानले अवकासपछि रोटरी इन्टरनेशनलको सहयोगमा आवश्यक वित्तिय सहयोग जुटाइ भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापि युनिटको स्थापना गर्नुभयो । उहाँले भक्तपुरमा क्यान्सर स्क्रीनिङ र हेरचाह कार्यक्रमका साथै विशेष स्वस्थ्य परियोजना कार्यक्रम पनि स्थापना गर्नुभयो । यस कार्यक्रमबाट असहाय रोगीहरु तथा वृद्धवृद्धाहरुलाई निशुल्क क्यान्सर उपचार गर्न सहयोग पुग्यो । भक्तपुर क्यान्सर अस्पतालको नयाँ स्मृति भवन निर्माणको लागि रकम जुटाउने काममा पनि उहाँको महत्वपूर्ण योगदान रह्यो । सक्रिय रोटरियनको रुपमा डा. विवेकले आप्mनो सम्पूर्ण सेवानिवृत्ति समय नेपालमै क्यान्सर उपचार सुधार गर्नका लागि नै समर्पित गर्नुभयो । दुर्भाग्यवस लामो समयदेखि विरामी भएर २८ अप्रील २०२१ मा उहाँको दुःखद निधन भयो । उहाँको निधन पछि उहाँको परिवार तथा साथिभाइले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग गर्न परोपकारी संस्था हेल्थ एक्सेन्ज नेपाल (युके) मार्पmत उहाँको सम्झनामा ५००० पाउण्ड अर्थात नेपाली रुपैयाँ करिव रु.७,६५,००० (सात लाख पैसाठी हजार मात्र) सङकलन गरी सो रकमलाई अस्पतालकै विकासका लागी हस्तान्तर गरिएको छ । डा.विवेकले भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न श्रोत परिचालन गरी क्यान्सरको उन्नत उपचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा सो को कदर गर्दै उहाँको योगदानको सम्झना स्वरुप यस क्यान्सर अस्पतालको यौटा वेटिङ हल उहाँकै नाममा नामकरण गरिएको छ । उहाँको यो अमूल्य योगदान र स्वस्थ्यसेवामा समर्पित निरन्तरको लगावप्रति हामी गौरवान्वित छौँ ।