जोखिममा रहेका रुखहरु ढाल्दै

जोखिममा रहेका रुखहरु ढाल्दै
भक्तपुर, श्रावण ९ गते
रुख ढलेर ३ जनाको मृत्यु पछि जोखिममा रहेका २१ वटा रुखहरु आज विहान देखि ढाल्न थालेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १ स्थित च्वङा पाखेस्थित सल्लाको रुख अस्ति एक र हिजो एक ढले पछि हिजो मार्किङ्ग गरिएका २१ वटा रुखहरु आज विहान देखि नै ढाल्न सुरु भएको डिभिजन बन कार्यालय भक्तपुरले जनाएको छ । वन कार्यालय भक्तपुरका कार्यालय प्रमुख प्रेम सापकोटाले जोखिममा रहेका ति रुखहरुको पहिचान गरी आज विहान देखि कातिएको जनाएको छ । अस्ति ढलेको रुखले केही क्षति नपुगेपनि सोहि ढलेको रुखसँगैको अर्को सल्लाको रुख हिजो ढल्दा ३ जनाको मृत्यु हुनुका साथै एक दर्जन यात्रुहरु घाइते भएका थिए ।