बर्ड फ्लु पीडितलाई राहात होइन क्षतिपूर्ति देउ ।

बर्ड फ्लु पीडितलाई राहात होइन क्षतिपूर्ति देउ ।
भक्तपुर, असार २२ गते
भक्तपुरका बर्डफ्लु पीडित कृषकहरुले राहात नभई क्षतिपूर्तिको माग गरेकाछन् । गत माघ महिना देखि भक्तपुरका विभिन्न क्षेत्रमा फैलिएको बर्र्ड फ्लुबाट ८५ हजार भन्दा बढी कुखुरा नष्ट गरि सक्दा पनि सरकारले दिइदै आएको राहात समेत नपाउँदा पीडित कृषकहरुले आज पशुसेवा विभाग हरिहरभवनमा डेलिगेशन गरी बजार भाउँ अनुसार उचित क्षतिपूर्तिको माग गरेका हुन । बर्ड फ्लुको संकेत देखिने बितिक्कै प्रभावित क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गर्ने सरकारको नीतिगत ब्यवस्था अनुसार कृषकका कुखुरा भए धमाधम नष्ट गर्ने तर नष्ट गरेको ६ महिना भइसक्दा समेत उचित क्षतिपूर्ति दिने छाटकाट नदेखिएपछि विभागको ध्यानाकर्षण गराउन आएकोे भक्तपुर कुखुरा पालक ब्यवसायी संघका अध्यक्ष तुल्सी धुख्वाले जनाएको छ ।


पीडित मध्ये एक कृषक हरिकृष्ण कवांको गत फागुण १३ गते भाटेढुकुरस्थित कुखुरा फार्ममा रहेका १५ हजार कुखुरा मरेको भए पनि ५ हजार ४ सयको मात्रै राहतको सूचीमा राखेको न्यायोचित नभएकाले त्यसको पुर्नविचार गर्न आग्रह गरेका छन् । एउटै हप्तामा एउटै फार्मका १५ हजार कुखुरा मर्दा आफूले सारे एक करोडको नोक्सानी ब्यहोनुपरे पनि अहिलेसम्म एक रुपियाँ पनि क्षतिपूर्ति नपाएको उहाँले गुनासो गर्दै ९ हजार एच वान र अन्य ५ हजार ४ सय मात्रै बर्र्ड फ्लुबाट मरेको भन्नु न्यायोचित नभएकाले आफूले १५ हजारकै राहत पाउनुपर्नेमा जोड दिनु भयो । बर्र्ड फ्लु संक्रमण विस्तारै मात्र देखिने भएकाले एउटै फार्मका एक हप्तामै मरेका १५ हजार कुखुरा बर्ड फ्लुबाटै मरेको उनले दाबी गरेका हुन । भने अर्का कृषक अर्जुन किसीका ८हजार र थप ४ हजार गरी १२ हजार पारेन्टको बर्र्ड फ्लुका कारण नोक्सानी भएको मात्र होइन आफू जस्तै अन्य भक्तपुरका कृषकहरुको ७०।८०हजार कुखुरा र अण्डा त्यतिकै दाना समेत नष्ट भएकाले सोको क्षतिपूर्ति पाउन पीडित देशभरकै कृषकहरुले दबाफ दिन नपुगेको महसुस भएको बताए ।
पीडित कृषकहरुको कुरा सन्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर रामनन्दन तिवारीले सम्भव भएसम्म असार मसान्त भित्र क्षतिपूर्ति नभई पहिला जस्तै उचित राहत दिने तयारी भएको बताए । नेपाल सरकार मन्त्रीपरिषद्बाट निर्णय हुन बाँकी रहेकाले पीडितहरुले अहिलेसम्म राहत नपाएको टिप्पणी गर्दै नीर्णय हुने बितिक्कै राहत वितरण हुने बताउनुभयो । नेपालमा २०७०साल देखि महामारीको रुपमा बर्र्डफ्लु फैलिएर कृषकहरुले नोक्सानी ब्यहोरिरहेको चर्चा गर्दै महानिर्देशक तिवारीले घुमन्ते चराहरुका कारण विश्वभर बर्र्डफ्लु नियन्त्रण बाहिर रहेकोले नेपालमा पनि जोखिम कायमै रहेको बताए ।


पशुचिकित्सक आशिस भट्टराईका अनुसार बर्डफ्लुले नेपालमा हालसम्म एक जनाको मात्रै मृत्यु भएको भए पनि मानिसमा सर्न नदिन सार्बधानि अपनाउन सकिएन भने महामारीको रुप लिन सक्नेमा चिन्ता ब्यक्त गरे । डा. कोइरालाले भने काठमाण्डौमा भन्दा बढी चितवनमा माहामारि फैलिएको छ, नोक्सानी भएको छ । त्यसबाट मानिसमा सर्यो भने भयाभव हुनसक्छ त्यसकारण बर्र्डफ्लु विरुद्ध कुखुरालाई खोप दिने उचित ब्यवस्था सरकारले गर्नुपर्छ, जुन विदेशमा दिदै आएको छ ।
यद्यपी कृषक कवांले आफ्नो १५ हजार कुखुरा बर्र्डफ्लुका कारण मर्दा खाल्डो खनि खनि पुर्दा आफूहरुलाई सर्नुपर्ने तर सरेको छैन भन्दा मानिसमा त्यतिकै सर्ने होइन रहेछ भन्दै यसमा भ्रम फैलाउनु हुँदैन तर सचेत चाही हुनुपर्नेमा जोड दिन्छन ।
पशुसेवा विभागले आफूहरुको माग सुनुवाई हुनेमा विश्वास ब्यक्त गर्दै देशकै आत्मनिर्भर उद्योग वा कुखुरा र अण्डाको आत्मनिर्भरतालाई जोगाइ राख्न सरकारले विशेष पहल गर्न जरुरी भएको पीडित कृषकहरुको भनाई छ । यसमा विभागको मात्रै ध्यानाकर्षण नपुग्ने भए कृषी मन्त्रालयमै डेलिगेशन जान आफूहरु तयारीमा रहेको संघका अध्यक्ष धुख्वाले बताए । संघमा भक्तपुरका १ सय मात्र ब्यवसायि आबद्ध भए पनि अन्य ३ सय कुखुरा पालक व्यवसायीहरु समेत पीडामा रहेकाले ब्यवसाय संरक्षणमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन ।